भारतीय मजदूरले नेपाली कामदार विस्थापित

६ माघ, झापा । भारतीय मजदूरले सस्तोमा काम गर्न थालेपछि मोरङको कानेपोखरी-रंगेली सडकको स्तरोन्नतीमा काम गरिरहेका नेपाली कामदारलाई भारतीय ठेकेदार कम्पनी जिभिआर हन्प|mा प्रोजेक्ट लिमिटेडले नेपाली कामदारलाई हटाउन थालेको छ । नेपाली कामदारको सट्टा भारतीय ५० कामदारलाई काम लगाइएपछि नेपाली मजदूर बेरोजगार बनेका छन् । नेपालीहरु काम ठग्छन् भन्दै आफूहरुलाई विदा दिएको त्यही काम गर्ने एक मजदूरले बताए । तल्लो तहका नेपाली कामदारलाई दैनिक ३ सय ५० रुपैयाँमा काम लगाएको अवस्थामा पेटी ठेकेदारले ३ सय रुपैयामा भारतीय कामदारलाई काम लगाएर नेपाली कामदारलाई विस्तापित गरेको तामाङले बताए । कामदारलाई विदा दिनुपूर्व कम्पनीले भाडामा दिएका नेपाली ट्रयाक्टर, पानी बोक्ने ट्यांकर र केही टि्रफरसँगको सम्झौता पनि रद्ध गरेको छ ।