सन् २०१७ को पहिलो दिनमै पृथ्वी ध्वस्त हुने !!!

यो वर्षको डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्ला खुब चल्यो । कतै पृथ्वी ध्वस्तै हुने हो की भनेर मान्छे डराए पनि । तर आखिर हल्ला हल्लामै सिमित भयो, पृथ्वी ध्वस्त भएन र हामी सबै सकुसलै रह्यौँ । सन् २०१२ को डिसेम्बर २१ मा त पृथ्वी ध्वस्त भएन । यो तिथिमा प्रलय हुन्छ भनेर ठोकुवा गर्नेहरुले किन भएन ? भन्ने कुराको जवाफ अझै दिएका छैनन् । तर एक थरीले भने पृथ्वी ध्वस्त हुने अर्को तिथी तोकिसकेका छन् । उनीहरुका अनुसार सन् २०१७ को जनवरी १ का दिन पृथ्वी ध्वस्त हुनेछ ।

सोर्ड अफ गड ब्रदरहूड नामको एक समूहले सन् २०१७ को पहिलो दिन पृथ्वीमा प्रलय हुने र सबै ध्वस्त हुने दाबी गरेको छ । सो दिन पृथ्वी ध्वस्त हुने भन्ने कुरा भगवानले नै भनेका उनीहरुको दाबी छ । यद्यपि यो दाबीको वैज्ञानिक आधार भने छैन । वैज्ञानिकहरुका अनुसार सन् ४ अर्ब ५० करोड सालमा सूर्यमा भएको उर्जा सकिएर यसको आकार फैलिनेछ र यसले पृथ्वी लगायत सबै ग्रहलाई निल्नेछ । सो तिथी नै पृथ्वी लगायत सौर्य मण्डलका सबै ग्रहको अन्त्यको दिन रहेको वैज्ञानिकहरुको अनुमान छ भिडियो हेर्नुस