एकै गाउँका १३ युवा भारतीय कारागारमा

१० पुस, डडेलधुरा । डडेलधुराको जोगबुढा ४ का १३ युवा बर्षौदेखि भारतीय कारागारमा छन् । ‘यस बर्षमात्र ६ जना पक्राउ परेका छन्,’ सीमापारि उत्तरुाखण्डको चम्पावतका एसपी केएस नाग्यालले भने, ‘गत बर्ष पक्राउ परेका ७ जनामध्ये एक युवकलाई निर्दोष भएका कारण छाडिएको छ ।’

जोगबुढा, सांदनीका धीरेन्द्र जाग्रीलाई निर्दोष भएका कारण छाडिएको हो । दुईदिन अघि मात्र ३५ किलो चरेससहित थप दुई युवकलाई पक्राउ गरेको भारतीय सीमा सुरक्षाबलका अधिकारीलाई उदृत गर्दै भारतीय समाचारपत्र अमर उजालाले लेखेको छ । नेपालको सीमा क्षेत्रमा प्रहरी चौकी रहेपनि उनीहरुले उचित निगरानी नगरेको तथा प्रहरीकै मिलेमतोमा लागूऔषध ओसार प्रसार हुने गरेको कान्तिपुरले खबर छापेको छ । स्थानीयबासीहरुले भने निर्दोसहरुलाई कारागारमा राखिएकाले उचित सुनुवाई गर्न सम्बन्धित निकाय मौन रहेको गुनासो गरेका छन् ।