सन्नीमाथि पनि बलात्कारको खतरा !!!
भारतमा एक युवतीको सामूहिक बलात्कारबाट ज्यान गएको घटनाले अहिले सडक देखि सदनसम्मै तहल्का नै मच्चाएको छ । यो घटनापछि भारतीय युवतीहरु आफ्नो सुरक्षाको विषयलाई लिएर चिन्तित छन् । सुरक्षाको यो चिन्ताले आम युवतीहरुलाई मात्र होइन बलिउडका सेलिब्रेटीलाई समेत सताएको छ ।
समाचार अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा सांगितिक कार्यक्रममा भाग लिन जान लागेका केही अभिनेत्री र मोडेलहरुमाथि यस्तो खतरा बढेको बताइएको छ । सोही कारण नयाँ वर्षको उपलक्ष्यमा यस्ता सेलिब्रेटीलाई निम्तो दिएका आयोजकहरुले सरकारसँग अतिरिक्त सुरक्षाको माग गरेका छन् ता की ती सेलिब्रेटीहरु यौनिक हिंसाको सिकार हुनु नपरोस् ।आफूहरुमाथिको खतराको अनुभुति भएरै होला केही सेलिब्रेटीहरुले कार्यक्रममा आयोजकद्धारा उपलब्ध गराइएको सुरक्षाको अतिरिक्त आफै समेत सुरक्षाको कडा प्रबन्ध गरिसकेको बताइएको छ ।
यस्तैमा दिल्लीमा आयोजित एक कार्यक्रममा सन्नी लियोनलाई समेत अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको छ । समाचार अनुसार कार्यक्रममा सन्नीको सुरक्षाका लागि १५ जना बाउन्सरको व्यवस्था गरिएको छ, उनीहरु मध्ये केहीको साथमा हतियार समेत हुनेछ ।
देशका विभिन्न भागमा हुने कार्यक्रममा उपस्थित हुने अन्य मोडेल तथा आइटम डान्सरहरुको सुरक्षाको लागि समेत चुस्त सुरक्षा प्रबन्ध गरिएको बताइएको छ ।