कामूक डिजे फरारी काठमाडौंमा, कहाँ-कहाँ हुँदैछन् सांगीतिक धमाका ?

काठमाण्डौ । हुनत अंग्रेजी नयाँ बर्षले नेपालीको क्यालेन्डरलाई फेर्दैन । तर पनि पछिल्ला केही बर्ष यता अंग्रेजी नयाँ बर्षको उमंगले नेपालीलाई समेत छपक्कै छुदै आएको छ । यसैले पनि होला देशका पाँच तारे होटलदेखि सामान्य रेष्टुरेन्टमा समेत विभिन्न कार्यक्रमको आयोजना हुँदैछन् । सन् २०१२ को आज अन्तिम दिन हो । मंगलबारबाट सन् २०१३ सुरु हुने भएकाले पनि नेपालीहरु विभिन्न कार्यक्रमको आयोजना गर्दै नयाँ बर्षको स्वागत गर्दैछन् । आखिर नयाँ वर्षको स्वागत र पूरानो वर्षको सुखद विदाईमा सोमबार कहाँ-कहाँ कस्ता कार्यक्रमको आयोजना हुँदैछन् त ?

१, ह्यात विश्वकै कामूक डिजे मानिने युरोपियन डिजे मारी फरारी काठमाडौं आइपुगेकी छिन् । अंग्रेजी क्यालेन्डरको नयाँ वर्षको उपलक्ष्यमा हुने विशेष सांगितिक समारोहका लागि मारी काठमाण्डौ आएकी हुन् ।

नयाँ वर्षको पूर्व सन्ध्यामा सोमबार राति काठमाडौंको होटल ह्यातमा हुने भव्य कार्यक्रममा मारीले प्रस्तुती दिनेछिन् । मारीलाई भारतीय डिजे हरसीतले साथ दिने बताइएको छ । कार्यक्रममा युरोपबाटै आएका नर्तकहरुले नाच प्रस्तुत गर्नेछन् ।

पहिलोपटक नेपाल आउँदाको खुसीलाई आफ्नो फेसबुकमार्फत प्रकट गर्दै मारीले आफ्नो सपना पूरा भएको र आफूले सगरमाथा हेर्ने बताएकी छिन् ।

१. एभरेष्ट होटल काठमाण्डौको बानेश्वरमा रहेको पाँच तारे होटल ‘एभरेष्ट’ मा आज निमा रुम्बा, अशुसेन लामाका साथमा डीजे माहाकालको धमकेदार प्रस्तुती रहने छ । नायिका क्षितिजा शाक्यले नृत्य गर्ने कार्यक्रमको संचालन सुष्मा राईले गर्दैछिन् । यो कार्यक्रमामा प्रवेश गर्न जोडिले १२ हजार ९ सय ९९ र सिंगल व्यक्तिले ७ हजार रुपैयाँ खर्च गर्नुपर्ने छ । कार्यक्रम बेलुकी ८ बजेबाट सुरु हुनेछ ।


२. होटल र्‍याडिसन

लाजिम्पाटस्थित ‘होटल र्‍याडिसन’ मा बेलुकी साढे ६ बजेबाट नयाँ बर्ष विशेष कार्यक्रमको आयोजना गरिदैछ । होटलमा रहेको ‘ओलाइभ गार्डेन’ र ‘द फन क्याफे’ मा दुई कार्यक्रमको आयोजना गरिदैंछ । ओलाइभ गार्डेनमा हुने कार्यक्रममा शाहाकारीका लागि ३ हजार र मांसहारीका लागि ४ हजार रुपैयाँ टिकट दर तोकिएको छ । यस्तै द फन क्याफेमा हुने कार्यक्रममा २७ सय रुपैयाँ टिकट दर तोकिएको छ ।


३.होटल अन्नपुर्णकाठमाण्डौको मुख्य गन्तव्यस्थल मानिने दरबार्गमा रहेको ‘होटल अन्नपुर्ण’ मा आज विशेष कार्यक्रमको आयोजना हुँदैछ । बेलुकी ७ बजेबाट सुरु हुने कार्यक्रम नायिका प्रियंका कार्की र औरा गुरुङले संचालन गर्दैछन् । कार्यक्रममा डीजे गिरिश, डीजे जेन होल्मो, डीजे सुरज र डीजे राजुले नचाउँदैछन् । कार्यक्रममा पुर्व मिस नेपाल माल्भिका सुब्बाको समेत उपस्थिति रहने बताइएको छ ।
४. होटल याक एन्ड यतिकाठमाण्डौको अर्को पाच तारे होटल ‘याक एन्ड यति’ ले पनि नयाँ बर्षको अवसर पारेर विशेष कार्यक्रमको आयोजना गर्दैछ । २ हजार २ सय टिकट दर राखिएको कार्यक्रम बेलुकी ८ बजेबाट सुरु हुनेछ ।
५. होटल सोल्टी क्राउन प्लाजाकाठमाण्डौको सोल्टीमोडमा अवस्थित ‘होटल सोल्टी’ मा ब्रदर हुड व्यान्ड र डीजे कर्लीको प्रस्तुति रहने छ । कार्यक्रममा प्रवेशका लागि ४ हजार टिकट दर तोकिएको छ । कार्यक्रम बेलुकी ८ बजेबाट सुरु हुनेछ ।
६.होटल द्वारिकाबत्तीसपुतलिमा रहेको होटल द्वारिकामा पनि एक भव्य कार्यक्रम हुँदैछ । डिनरसहितको व्यवस्था रहेको कार्यक्रममा लाइभ म्युजिक र नृत्यको मज्जा लिन सकिने छ । कार्यक्रममा प्रवेशका लागि एक जनालाई ६ हजार रुपैयाँ लाग्नेछ भने एक जोडीलाई १० हजार रुपैयाँ लाग्नेछ । कार्यक्रम राती ८ बजेवाट सुरु हुनेछ ।
७.होटल सांग्रिला

लाजिम्पाट स्थित ‘होटल सांग्रिला’ मा सोमबार बेलुकी ८ बजेबाट ‘अभय एन्ड द स्टिम इन्जन्स’ व्यान्डले धमाका मच्चाउने तयारी गरेको छ । यो कार्यक्रममा प्रवेश गर्नका लागि जोडीले ७९९९ र सिंगल व्यक्तिले ४९९९ रुपैयाँ खर्च गर्नुपर्ने छ ।

८. लोरी रेष्टुरेन्ड एन्ड बार

झम्सिखेलमा अवस्थित यो रेष्टुरेन्डमा सोमबार बेलुकी ७ बजेबाट विशेष कार्यक्रमको आयोजना गरिएको छ । ककटेल सहित आयोजना गरिएको कार्यक्रममा प्रवेश गर्नका लागि ५ सय रुपैयाँ खर्च गर्नुपर्ने छ । यो कार्यक्रममा क्लेफ एक्युष्टिक व्यान्डले मनोरञ्जन दिने बताइएको छ ।

९. एयरपोर्ट होटल

त्रिभुवन विमानस्थल अगाडि रहेको एयरपोर्ट होटलमा नयाँ बर्षको स्वागतका लागि विशेष कार्यक्रमको आयोजना हुँदैछ । बेलुकी साढे ७ बजेबाट सुरु हुने कार्यक्रममा विभिन्न व्यान्डका प्रस्तुतिका साथमा डिजे रबले नचाउँने तयारी गरिरहेका छन् ।

१०. ए क्याफे एन्ड लञ्ज

धोबिघाटमा रहेको यो क्याफेमा बेलुकी ८ बजेबाट नयाँ बर्ष विशेष कार्यक्रमको आयोजना गरिदैछ । कार्यक्रममा पेपर बोटले लाईफ प्रस्तुति प्रस्तुत गर्ने छन् ।

११. एटीक बार

नायिका नम्रता श्रेष्ठले संचालनमा ल्याएको यो रेष्टुरेन्टमा पनि नयाँ बर्ष विशेष कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रममा प्रवेश शुल्क ५ सय रुपैयाँ तोकिएको छ ।

१२. गोकर्ण रिर्सोट

काठमाण्डौको थलीमा रहेको गोकर्ण रिर्सोटमा पनि नयाँ वर्ष विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा १९७४ एडीले आफ्नो प्रस्तुती प्रस्तुत गर्नेछन् । कार्यक्रममा डीजे शिशिरका साथमा नायिका रिमा विश्वकर्मा र भीजे प्रेक्षाले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने छन् । कार्यक्रम प्रवेशका लागि एक जनाको ४ हजार ९ सय ९९ रुपैयाँ, एक जोडीको ७ हजार ९ सय ९९ र बच्चालाई २ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । साँझ साढे सात बजेवाट सुरु हुने कार्यक्रम राति ११ बजेसम्म चल्ने छ ।

१३. होटेल रोयल सिंगी

राजधानीको दरबारमार्गमा रहेको होटल रोयल सिंगीमा एक विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा डीजे लबी म्यान र डीजे फ्लोको दमदार प्रस्तुती रहने छ । कार्यक्रम साँझ ६ बजेवाट सुरु हुँदैछ । कार्यक्रम प्रवेशका लागि एक हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

१४. होटल हिमालय

ललितपुरमा रहेको होटल हिमालयमा गायक सिने गुरुङ र टाट्वाका साथमा डीजे उमेशले प्रस्तुति पस्कदैछन् । कार्यक्रम साँझ ७ बजेवाट सुरु हुँदैछ । कार्यक्रम प्रवेशका लागि एक जनालाई ४ हजार ९ सय ९९, एक जोडीलाई ७ हजार ९ सय ९९ र १२ वर्षमाथिका बालबालिकाका लागि २ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

१५. होटल मल्ल

राजधानीको लाजिम्पाटमा रहेको होटल मल्लमा पनि नयाँ वर्षको अवसरमा एकउटा फेसन शोसहित सांगीतिक कार्यक्रम हुँदैछ । कार्यक्रममा इसाडोरा र प्यासन रुबी र्‍याम्पमा हिड्नेछन् । यस्तै कार्यक्रममा दुबईवाट आएका डीजे मुस्ताफाले आफ्नो प्रस्तुति पस्कनेछन् । कार्यक्रममा साँझ ७ बजेवाट सुरु हुने छ ।