यौन आनन्द प्राप्त गर्ने अचुक तरिका

तपाईंले आफ्नो यौन पार्टनरलाई सधैँ सन्तुष्ट पार्न सक्नुभएको छ ? तपाइर्ं आफ्नो पार्टनरको मनपर्ने र नपर्ने कुराबारे ख्याल गर्नुहुन्छ ? एक-अर्कामा अत्याधिक प्रेम भए पनि यौनका विषयमा तपाइर्ं मानसिक रूपमा असन्तुष्ट त हुनुहुन्न ? तपाइर्ंको मनमा यस्ता कुरा खेलिरहन्छन भने तपाईंमा यौनसम्बन्धी प्रारम्भिक ज्ञानको कमी देखिन्छ । त्यसकारण तपाइर्ंले यौन आन्नद प्राप्तिबारे बढीभन्दा बढी जानकारी राख्न जरुरी छ । प्रारम्भिक उमेर, किशोरावस्था तथा युवावस्थामा पनि किशोर-किशोरीमा यौनसम्बन्धी प्रचुर ज्ञानको अभाव देखिन्छ । त्यसकारण उनीहरू अधुरो ज्ञानकै सहारामा यौनसम्बन्ध राख्छन् । बिहे गरेपछि पनि आफ्नो जोडीसँग खुलेर यौनका कुरा गर्न हिच्किचाउँछन् ।

प्रेम एउटा कला हो भने सेक्सलाई पनि अन्य कला सरह सहज रूपमा लिनुपर्छ । प्रेममा यौन जायज हुन्छ । यौन सन्तुष्टिका लागि केही विशेष कुराले अर्थ राखेको हुन्छ । पुरुष र महिलाबीच शारीरिक रूपमा भिन्नता छ, त्यसरी नै उनीहरूबीचको प्रेम, स्पर्श र उत्तेजनाको तरिका पनि फरक हुन्छ ।

सफल यौनसम्बन्धका पाँच टिप्स

एकअर्काको प्रशंसा गर्नु । सेक्समा चरम आनन्द प्राप्तिका लागि पार्टनरको वस्त्रदेखि लिएर उसको शरीरका हरेक अंगको सुन्दरताको तारिफ गर्नुपर्छ । यसले गर्दा तपाइर्ंको साथीको मनमा तपाईंप्रति प्रेमभाव पैदा हुन्छ र ऊ तपाईंप्रति समर्पित हुन्छ ।

सफल सेक्सका लागि चुम्बन र आलिंगन नितान्त आवश्यक कुरा हुन् । तपाईर्ं आफ्नो साथीको प्रत्येक अंगलाई चुम्बनको न्यानो मायाले भरिदिनुहोस् । सेक्स गर्नेे वेलामा दुवै जनाले एकअर्कालाई बराबर सहयोग गर्नुुपर्छ । कतिपय अवस्थामा यो मामलामा महिला पुरुषभन्दा केही पछाडि रहने गर्दछन् । पुरुषले उनलाई अग्रसर बनाउनुपर्छ । महिलाले पनि पूर्ण रूपले साथ दिनुपर्छ । संवेदनशील अंगको स्पर्श गर्नु सफल यौन जीवनका लागि आवश्यक कुरा हो । कानको लोती, गर्दन, नाइटो, ओठ, थाई तथा यौनअंगको वरपर स्त्री र पुरुष दुवैका यौन उत्तेजनाका केन्द्र हुन् । यी स्थानमा स्पर्श गर्नाले यौन उत्तेजना बढ्छ । तपाइर्ं यी अंग तथा स्थानमा जति धेरै स्पर्श गर्नुहुन्छ, उत्तेजना उत्ति नै धेरै बढ्छ ।

यौन सम्पर्कमा आसनले पनि ठूलो भूमिका खेल्छ । सधैँ एउटै आसनमा सेक्स गर्दा मोनोटोनस हुन्छ । त्यसका कारण नयाँ पोज र आसन प्रयोगमा ल्याउनुपर्छ । आफ्नो साथीलाई आकषिर्त गर्नका लागि उत्तेजित वस्त्र पहिरनुपर्छ । अंगालोमा बेरिएर कहिलेकाहीँ आफूहरूले बिताएका रोमान्टिक दिनबारे कुरा गर्नुहोस् । त्यहीवेला साथीको कानमा सुस्तरी केही रोमान्टिक शब्द सुनाउनुहोस् । यसले तपाईंको साथीलाई कामोत्तेजित गर्छ । सफल यौनका लागि अर्काे सूत्र छ, यौन सम्बन्धबाट शारीरिक सन्तुष्टि प्राप्त भएपछि एक-अर्काबाट छुटिन हतार नगर्नुस् । एक-अर्काको अंगालोमा रहेरै केहीबेर चुम्बनका सिलसिला जारी राख्नुस् । यसले तपाईंहरूको प्रेमलाई नयाँ तरंग दिन्छ । यौन सम्बन्धका वेलामा रोमान्टिक माहोल बनाउन मधुर संगीत, लाइट तथा पफ्र्युम प्रयोग गर्न सकिन्छ ।