२० जनाभन्दा बढीसँग सम्पर्क राख्छन् न्युजिल्यान्डका महिला

चर्चित वेबसाइट 'द सन डटकम'ले संसारका थुप्रै देश र नागरिकका यौनसँग सम्बन्धित विविध रोचक तथ्य तथा जानकारी सार्वजनिक गरेको छ । सो सर्वेक्षणमा आधारित रिपोर्टमा विभिन्न मुलुक र ती देशका नागरिकमा रहेको यौनसम्बन्धी रोचक जानकारी दिइएको छ । त्यसमा भनिएको छ, गि्रसका मानिस विश्वकै कामुक मान्छेमा पर्छन् । त्यस्तै, सर्वेक्षणले न्युजिल्यान्डका महिलाबारे पनि नयाँ तथ्य सार्वजनिक गरेको छ । सर्वेक्षणले न्युजिल्यान्डकी एउटी महिलाले आफ्नो जीवनभर औसतमा २० जनाभन्दा बढी पुरुषसँग यौन सम्पर्क राख्ने गरेको तथ्य बाहिर ल्याएको छ ।

यो आँकडा संसारभरका महिलाको तुलनामा उच्चतम हो । त्यस्तै, सर्वेक्षणमा अस्ट्रेलियन महिलाको स्तन सर्वाधिक ठूलो र छिटो बढ्ने गरेको पाइएको छ । सर्वेक्षणले त्यहाँका लगभग ४० प्रतिशत युवतीले 'एक्स्ट्रा लार्ज साइज' को ब्रा किन्ने गरेको देखाएको छ । केही ब्रा कम्पनीले 'के साइज'को ब्रा उत्पादन सुरु गरेका छन्, ताकि ठूलो स्तन भएकी युवतीलाई पनि ब्राको टेन्सन नहोस् ।