सेक्स नबेचेको राजुको दाबी

निर्देशक राजु गिरीले आफुले सेक्स नबेचेको दाबी गरेका छन् । उनले निर्देशन गरेका ‘बिन्दास’, ‘चन्द्रावती’ र ‘रक्षा’ मा सेक्सको प्रचार हाबी भएपछि उनलाई सेक्स बेचेको आरोप लाग्न थालेको छ । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘दर्शकले जे रुचाउछन् मैले त्यही मात्र बेचेको छु । ‘आफुले समय अनुसार सिनेमा बनाउने बताउदै राजुले अहिले सेक्स नै बिकेकाले आफ्नो सिनेमामा यस्ता बिषयबस्तु समावेश गर्न खोजेको दाबी गरे

सेक्स दृश्यकै कारणले बारम्बार नायिकाहरुसँग विवादमा आउने राजुले स्पष्टिकरण दिदै भने, ‘मैले नायिकाहरुसँग विवाद निम्त्याउन खोजेको होइन । नायिकाहरु चर्चामा आउनकै लागि मसँग लफडा गरेका हुन् ।’ आफुले निर्माता बचाउने काम मात्र गरेको राजुको दाबी छ । राजु आफुलाई बसाई, मुनामदन जस्ता सिनेमा निर्माण गर्न मन लागेको बताउछन् । केही सिनेमामा सेक्स बिकाउन खोजेपछि राजुको आलोचना बजारमा हुन थालेको छ भिडियो हेर्नुस