६१ बर्षीय बृद्धको १३ बर्षे बालकमाथि गिद्धेदृष्टि

चितवन, पुस १५ - सौराहा घुम्न आएका जर्मन नागरिकले एक बालकलाई यौन दुराचार गरेको आरोपमा प्रहरीले सार्बजनिक मुद्धा चलाएको छ । पीडितको तर्फबाट आएको जाहेरीका आधारमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

६१ बर्षीय जर्मन डा. मुलेर म्यानफेर्ड ४ दिन अघि (शुक्रबार) स्थानीय १३ बर्षीय एक बालकसाग यौन दुब्र्यबहार गरेको आरोपमा प्रहरीले मुद्धा चलाएको हो । 'अनुसन्धानका लागि थप ४ दिन समय माग गरेका छौं', प्रहरी प्रमुख दीपककुमार थापाले भने, 'सार्बजनिक अपराध ऐनअनुसार मुद्दा अघि बढाएका छौं ।' उनी अवकाश प्राप्त चिकित्सक भएका बुझिएको छ ।

प्रहरीले उनलाई शुक्रबार राति पक्राउ गरेको थियो । उनले स्थानीय खैरहनी गाबिसका प्रबिण भण्डारी (नाम परिवर्तन) लाई फकाएर यौन दुब्र्यबहार गरेको आरोप छ । बालकसागको सोधपुछ र बरामद सामग्री हेर्दा यौनजन्य कार्य रेकर्ड गर्ने मनसाय देखिएको प्रहरीले जनाएको छ । जर्मन नागरिकबाट १२ थरी सामग्री बरामद भएको प्रहरीले बताएको छ । उनले सौराहास्थित होटल पार्क भ्युमा लगेर बालकमाथि दुब्र्यबहार गरेको आरोप छ ।