एक्शनको सहयोगले इमेज बदल्ने तयारीमा सनी लियोन
फिल्म 'जिस्म २' देखि बलिउडमा पाइला राखेकी पोर्न स्टार सनी लियोन आफ्नो इमेज परिवर्तन गर्न निकै कसरत गरिरहेकी छिन् ।फिल्म 'सुट आउट एट वडला'मा 'लैला तेरी ले लेगी' आइटम नम्बर गरेर निकै चर्चामा आएकी सनीलाई अब एक्शन रोलमा देख्न पाइने भएको छ । सनी निर्देशक देवांग ढोलकियाको फिल्ममा आफ्नो इमेज भन्दा फरक एक्शनमा देखिने छिन् ।
बलिउड मिडियाले जनाए अनुसार सनी र देवांगको भेट 'जिस्म २' को छायांकन पछि भएको हो । देवांग ढोलकियाको फिल्ममा सनीको एक नयाँ अवतारलाई देख्न पाइने छ । फिल्मको सुटिङ अगस्ट महिनाको अन्ततिरबाट सुरु हुने बताइएको छ ।

