आखिर किन डराए बलिउडका हस्तीहरू सनी लियोनसंग ?

पोर्न फिल्महरूकी चर्चित अभिनेत्री सनी लियोन भलै बलिउडमा एक फिल्म र आइटम नम्बर गरेर चर्चामा आएकी किन नहुन साथै नयाँ अभिनेताहरू उनका साथमा काम गर्नका लागी लाइन लाग्न तयार छन । तर बलिउडमा यस्ता पुरूष कलाकारहरू पनि छन जसले सनी लियोनका साथमा काम गर्न अस्विकार गरेका छन । समाचार अनुसार नाना पाटेकर र अनिल कपूरले उनीहरू सनी लियोनका साथमा कुनै फिल्ममा काम नगर्ने बताएका छन ।



बितेका केही समयदेखि सनी लियोन फिल्म ‘वेलकम’ को सीक्वेलमा मल्लिका शेरावतको भूमिका गर्दैछिन भन्ने चर्चा चलिरहेको थियो । तर यस फिल्ममा सनिका साथमा नाना पाटेकरले काम गर्न अस्विकार गरेका छन ।

स्मरणीय छ कि यस अधि नानाले संजय दत्तका साथमा पनि काम गर्न अस्विकार गरेका थिए । अहिले नाना पाटेकर मात्र हैन अर्का अभिनेता अनिल कपूरले पनि सनीका साथमा काम नगर्न बताएका छन । यी दुबै कलाकारहरूले आफुहरूको दर्शकहरूका बीचमा एक फ्यामिली इमेज भएको बताएका छन । यदि उनीहरूले सनी लियोनका साथमा फिल्ममा काम गर्दछन भने यस्तो अबस्थामा यसले आफ्नो इमेज प्रभावित हुनेछ । यसैले उनीहरू दुबै फिल्म वेलकममा सनीका साथमा काम गर्न चाहँदैनन ।

नाना र अनिल दुबैले फिल्मका निर्माता फिरोजलाइ यस कुराको जानकारी दिइसकेका छन । जसका कारण फिरोजले यसबारेमा सोच्न समेत शुरू गरेका छन । यद्दपी यस कुराले सनी लियोन भने निकै निराश भएकी छन ।