दुबईमा एक नेपालीलाई यौन दुर्व्यवहारको आरोप
महिला हिंसासम्बन्धी खबरहरु देशका विभिन्न भागबाट लगातार आइरहेकै बेला विदेशबाट पनि त्यस्तै एउटा खबर आएको छ। दुबईबाट आएको यो खबरमा यौन दुर्व्यवहार त्यहाँ पुगेका एक नेपाली कामदारले गरेको आरोप लगाइएको छ। आरोप लगाउने युवती भने फिलिपिनो हुन्। ‘गल्फ न्युज’ले जनाए अनुसार २२ वर्षकी फिलिपिनोले आफू काम गर्ने रेस्टुरेन्टमा ३३ वर्षका नेपाली कुकले फकाउने, ठाउँकुठाउँ समात्ने गरेको आरोप लगाएकी हुन्। पत्रिकालेपीडित र पीडकको आरोप लागेका व्यक्ति दुवैको पूरा नाम खुलाएको छैन। आरोपित नेपाली नागरिकलाई एल.के. संक्षिप्त नामबाट चिनाइएको छ।
एक दिन म आफू काम गर्ने शेख जायद रोडस्थित रेस्टुरेन्टको रिसेप्सन एरियामा बसिरहँदा उसले फकाउन थाल्यो। त्यसपछि मेरो नितम्ब समात्यो। त मैले उसलाई घचेटेँ र यस्तो काम नगर्न भनेँ।
म काममा आएको दिनस्कन आउँथ्यो। कयौँ पटक उसले मलाई माया गर्छु भन्यो र मलाई उसको गर्लफ्रेन्ड बन्न कर गरिरह्यो। मैले सँधै उसको प्रस्ताव अस्वीकार गरेँ। एक दिन उसले मेरो नितम्ब समात्यो र मैले तुरुन्तै उसलाई हकारेँ र देखि उसले मलाई मौखिक रुपमा लगातार दुर्व्यवहार गरिरह्यो। मौका पाउने बित्तिकै हरेक पटक ऊ मसित जित्यसो नगर्न भनेँ। उसले क्षमा माग्यो र आइन्दा त्यसो नगर्ने वाचा गर्यो। तर उसले ममाथि दुर्व्यवहार जारी राख्यो। एक दिन ऊ किचेनबाट बाहरि आयो र रिसेप्सन एरियामा उभिरह्यो। मैले कागजको एउटा टुक्रा मेरो पछाडिको खल्तीमा राखेको थिएँ। अचानक उसले पनि यसको हात त्यही खल्तीमा राख्यो। उसले मेरो पछाडिको भाग केही सेकेन्डसम्म समातिरह्यो। मैले पछाडि फर्केर उसको पाखुरामा हिर्काएँ। म उसको यो लगातारको दुर्व्यवहार र मौखिक सताइबाट दिक्क छु। मैले आफ्नो पितालाई फोन गरेँ र सब कुरा बताएँ। त्यसपछि प्रहरीमा उजुरी गर्न आएको हुँ।
एल.के.ले भने फिलिपिनो महिलाले लगाएका आरोपहरुलाई अस्वीकार गरेका छन्। दुबईको अदालतमा उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका थिए। अदालतले फैसला फेब्रुअरी २५ तारिखमा सुनाउनेछ।
दोषी ठहर भए के सजाय ?
युएईमा यौन दुर्व्यवहारबाट रक्षा गर्न कुनै विशेष ऐन वा कानुनको व्यवस्था छैन।
तर त्यहाँको दण्ड संहितामा भएका प्रावधानले यौन दुर्व्यवहारलाई समेट्छ। त्यसको धारा ३५८ र ३५९ ले यौन दुर्व्यवहारका दोषीलाई दिने सजाय तोकिएको छ। के छ त कानुनमा ?
Article (358) “Whoever openly commits an indecent and disgraceful act shall be punished by detention for a period of at least six months.
Whoever commits a disgraceful act with a girl or boy who has not completed fifteen years of age even if it is not committed openly, shall be punished by detention for at least a period of one year”. Article (359)
“Whoever attempts to disgrace a female by words or by deeds in a public street or frequented place, shall be punished by detention for a period not exceeding one year and by a fine not exceeding ten thousand Dirhams, or by either of these two penalties.धारा ३५८ अनुसार अभद्र र आपत्तिजनक व्यवहार गर्नेले कम्तिमा दोषीले ६ महिनाको जेल सजाय भोग्नुपर्नेछ। त्यसैगरी धारा ३५९ अनुसार कुनै महिलालाई शब्द वा कर्मबाट सार्वजनिक सडक वा स्थानमा कलंकित, लज्जित बनाउने प्रयास गर्नेलाई एक वर्षमा नबढाई कैद र १० हजार दिरहमबाट नबढाई जरिवाना वा दुवै सजाय हुनसक्नेछ।
By mysansar, on February 10th, 2013

