गङनम स्टाइलको नेपालभाषामा रिमिक्स नेपाली फिल्ममा(भिडियो)
केही समय अघी कोरियाली गायक PSY (Psycho को सानो रूप) ले गाएको गीत गम्नम स्टाइल ले बिश्व स्तरमा ठुलै चर्चा पायो । संसार को सबैभन्दा ठुलो Video Store YouTube मा सबैभन्दा बढी हेरिएको यो भिडियो नसुन्ने शायद कमै होलन । केही समय भयो तर यसको लोकप्रियता अझै घटेको छैन बरु यसलाई मन पराउने मान्छे अझै बढ्दै छन । नेपलमा पनि यो गीत निकै चर्चित रह्यो । अहिले आएर यो गीतको नेपाल भाषाको रिमिक्स “ज्ञानपु स्टाइल” नेपाली चलचित्र ‘नथिङ इम्पसिबल’मा राखिएको समाचार बहिर आएको छ भने गीत YouTube मा समेत राखिएको छ । हेरौ यो गीत अनी प्रतिक्षा गरौ चलचित्र बजारमा आउने ..
पुरा भिडियो हेर्न यहाँ बक्समा क्लिक गर्नुहोस् ।