आफ्नै छोरीलाई सल्फास खुवाएर मारेपछि आमाद्वारा पनि झुण्डिएर आत्महत्या !

माघ २७ – कैलालीको एक जंगलमा एक महिला झुण्डिएको अवस्थामा र नजिकै दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् । कैलालीको जोशपुर गाविस वडा नम्बर ३ बन्जरियाको खैरेनी जंगलमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीको भनाई उदृत गर्दै पत्रकार रमेश भट्टराईले जनाएका छन् । उक्त घटनास्थल नजिकै सल्फासको एटटा डब्बा फेला परेकाले उनीहरु आमा छोरी भएको र पहिले आमाले सल्फास खुँवाएर छोरीहरुलाई मारेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

यद्यपी उनीहरु कसैको पनि सनाखत भने हुन सकेको छैन । नाम ठेगाना खुल्न नसकेको उनीहरु कैलालीको जानकी नगरस्थित खड्कवालका बासिन्दा भएको आशंमा त्यहाँबाट पनि पहिचानका लागि घटनास्थलतर्फ मानिसहरु आईसकेको बताइएको छ । झुण्डिएको अवस्थामा रहेकी महिला करिब ३५ वर्ष र अन्य बालिकाहरु एक जना ४÷५ र अर्की बालिका १०÷११ वर्षकी हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

उक्त स्थानमा घाँस दाउरा तथा वस्तु चराउन गएका गोठालाहरुले घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले जोशीपुरबाट प्रहरी त्यहाँ पुगेर शवहरुलाई सुरक्षित साथ राखेको छ । उक्त घटनास्थलमा भोलि जिल्लाबाट एक टोलि अनुसन्धानका लागि जाने प्रहरी निरीक्षक सुदाम रावलले जानकारी दिएका छन् ।