आमाछोरी मिलेर व्यापारीलाई प्रेममा फसाई १७ टुक्रा पारेर बिभत्स हत्या गरे

एजेन्सी। गुजरातको अहमदाबादमा आमा र छोरी मिलेर एक व्यापारीको हत्या गरेका छन्। बताइए अनुसार आमा र छोरी दुबैको उक्त व्यापारीसंग लभ अफेएर चलेको थियो।

मुक्ति शाह नाम गरेका व्यापारीको हत्या यति विभत्स तरिकाले गरिएको छ कि उनलाई आमा छोरीले १७ टुक्रा पारेर मारेका थिए। व्यापारीको १७ करोडको सम्पती हत्याउने उनको हत्या गरिएको आमा छोरीले कबुलेका छन्। उनिहरु दुवैलाई प्रहरीले प्रकाउ गरेपछि उनिहरुले हत्या गरेको स्विकार गरेका थिए। शाहलाई अहमदाबाद देखि मुम्वाइ जाने बाटोमा पर्ने वासद गाउँमा मारेर फालिएको थियो। आमाको नाम अमिता भट्ट र उनको उमेर ५२ वर्ष रहेको र ध्वनी भनिने ३० वर्षिय छोरी रहेको प्रहरीले जनाएको छ । उनिहरु दुवै शिक्षित र दुवैले योजनवद्ध रुपमा मुम्वइका व्यापारी शाहसंग लभ अफेयर चलाएको प्रहरीले जनाएको छ ।