बलात्कृत भएपछी १६ वर्षीय किशोरीले गरिन् आत्महत्याको प्रयास
२८ पुष, एजेन्सी । १६ वर्षीय एक किशोरी आफू बलात्कृत भएपछी आत्महत्याको प्रयास गरेकी छिन् । हरियानाको सोनेपाट
नजिकै बस्दै आएकी ती किशोरी बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेकी हुन् । उनलाई उनकै छिमेकीले बलात्कार गरेका थीए । ती व्यक्तिले आफ्नै कारमा लगेर ती किशोरीको बलात्कार गरेको किशोरीका परिवारले जनाएको छ । उसले ती किशोरीलाई यो घटनाबारे अन्य कसैलाई बताए मारिदिने धम्की समेत दिएको बताइन्छ । उनले बलात्कारको चोट सहन नसकेर आफैलाई जलाउने प्रयास गरेकी थिइन् । उनको शरिरको ९० प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन् । ती किशोरीलाई बलात्कार गर्ने उक्त व्यक्तिलाई भने पक्राउ गर्न सकिएको छैन् । ऊ फरार रेको छ ।

