१२ कात्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नं १ मा आफ्नो पार्टीले चुनाव जितिसकेको भन्दै मतदाता र उम्मेद्वारलाई अगि्रम वधाइ दिनुभएको छ । काठमाडौं १ मा प्रचण्डकी छोरी रेणु दाहाल एमाओवादीतर्फबाट उम्मेद्वार हुनुहुन्छ ।
‘राजनीतिक भूकम्पको केन्द्र नयाँ वानेश्वरका बासिन्दालाई अगि्रम बधाइ छ, तपाईहरुको यो उपस्थिति हेर्दा हामीले चुनाव जितिसक्यौं ।’ छोरीको चुनाव क्षेत्रअन्तरगत नयाँ बानेश्वर चोकमा मंगलबार बिहान आयोजित सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफूले बाजुरादेखि ताप्लेजुङसम्म भ्रमण गरेको बताउँदै देशैभरि एमाओवादीको लहर आइसकेको र आफ्नो पार्टीले जितिसकेको दाबी गर्नुभयो । ‘कांग्रेस र एमालेका नेताहरु आफ्नै चुनाव क्षेत्रमा मात्रै सीमित छन्, म कस्तो छु भने राष्ट्रकै नेता भएकाले २ सय ४० वटै चुनाव क्षेत्रको उम्मेद्वारजस्तो भएको छु ।’ उहाँले भन्नुभयो, -मैले बाजुरा, अछाम, डोटी, डडेलधुरा, कैलाली कञ्चनपुर, सुनसरी, सोलुखुम्बु, ओखलढुंगा र मधेसका धेरै जिल्लामा घुमिसकें, देशैभरि एमाओवादीको पक्षमा लहर आएको छ ।’
ज्ञानेन्द्र हत्यारा, एमाले धोकेबाज, कांग्रेस आफ्नै रुखले किचियो
नेपाली कांग्रेसले विगतमा बहुमत ल्याउँदा पनि देशको नेतृत्व गर्न नसकेको र आफ्नै रुखले किचिएर बहुमतको सरकार ढलेको बताउनुभयो । त्यसैगरी नेकपा एमालेका नेताहरुले रुक्माङगद कट्वाल प्रकरणमा आफूलाई रुखमा चढाएर फेद ढालेको आरोप लगाउनुभयो । ‘आफ्नै रुखले किचिने कांग्रेस र अर्कालाई माथि चढाएर फेल ढाल्ने एमालेजस्ता धोकेवाजले देशको नेतृत्व गर्न सक्दैनन् ।’ प्रचण्डले भन्नुभयो, मैले छिमेकी देशको चीन र भारतको भ्रमण गरेर अब देशको जिम्मेदारी (जिम्मेवारी) हामीले गर्छौं भनेको छु, हेटौडा महाधिवेशनले पनि देश हामीले जिम्मा लिने निर्णय गरेका छौं ।’
घोषणापत्रमा राष्ट्र नेताको संज्ञा दिइएका एमाओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको नाम लिँदै ‘हत्यारा’ शब्द प्रयोग गर्नुभयो ।
मधेसमा ५० सीट थप्ने दाबी
अघिल्लो संविधानसभामा मधेसमा थोरै मत आएका कारण पार्टीले बहुमत पुर्याउन नसकेको भन्दै उहाँले यसपालि मधेसबाट ५० सीट थपिने दाबी गर्नुभयो । जनताले इतिहासमा एकपटक एउटा दललाई अवसर दिने भन्दै कांग्रेस र एमालेले इतिहासमा त्यो अवसर पाइसकेको र अब देशको नेतृत्व गर्न नसक्ने प्रचण्डले दाबी गर्नुभयो ।
नयाँ बानेश्वर चोकको कृष्ण सदन छेउमा बनाइएको सानो मञ्चबाट निकै ठूलो भीडलाई सम्बोधन गर्दै आफूहरुले चुनाव नजिते संविधान नबन्ने र देशले मात्रै नभई भावी सन्ततीले समेत दुःख पाउने उहाँले बताउनुभयो । मञ्चमा एमाओवादी केन्द्रीय सदस्य उर्मिला अर्याल, पूर्वसभासद झक्कु सुवेदी, केन्द्रीय सदस्य चूडामणि खड्कालगायतको उपस्थिति थियो । विभिन्न ठाउँबाट नारा जुलुसका साम कार्यकर्ताहरु उपस्थित थिए । जुलुसमा केही डाक्टरहरुसमेत सेता लुगामा रेणु दाहालको व्यानर बोकेर सहभागी भएका थिए ।
मिडिया र निर्वाचन आयोगमाथि रेणुको आलोचना
यसैवीच सभालाई सम्बोधन गर्दै प्रचण्ड पुत्री रेणु दाहालले मिडिया र निर्वाचन आयोगलाई आलोचना गर्नुभयो । उहाँले आफ्ना प्रतिश्पर्धी दलहरुलाई वर्ग बैरी र दुश्मन को संज्ञा दिनुभयो । रंगीन भित्तेपात्रो र पोष्टर छापेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोमा उहाँले मञ्चबाटै आयोगलाई जवाफ दिँदै कांग्रेस र एमालेले प्रयोग गरेको रंगीन बोर्डहरु हटाउन आग्रह गर्नुभयो ।
एमाओवादी उम्मेद्वार दाहालले काठमाडौं क्षेत्र नं १ माओवादीमय बनेको बताउनुभयो । आफ्ना प्रत्यासी प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ का जनताको समस्या समाधान नगरेकाले जनतामा आक्रोश रहेको रेणुले बताउनुभयो । आफूले चुनाव जितेको खण्डमा प्रकाशमानको गल्तीबाट पाठ सिक्दै काठमाडौं १ मा राष्ट्रिय योजनाहरु ल्याउने उहाँले आश्वासन दिनुभयो ।
मिडियाले आफ्नो बारेमा अनर्गल प्रचार गरेको आरोपसमेत लगाउनुभयो । दाहालको चुनावी सभामा आचारसंहिता विपरीत रंगीन पोष्टरहरु जतात्यतै टाँगिएको थियो । जुलुसमा सहभागीहरुले पनि त्यस्तै रंगीन ब्यानरहरु प्रयोग गरेका थिए । कार्यक्रममा करिब ३ हजार मानिसहरु विभिन्न दलबाट प्रवेश गरेको भन्दै केहीलाई प्रचण्डका हातबाट टीका लगाइएको थियो ।
उसो त नायक भूवन केसीलाई चलचित्रकर्मीहरुले रोमान्स किङको उपाधी पनि दिएका छन् । पर्दा भित्र र पर्दा बाहिर उनले थुप्रै युवतीसँग मस्ती पनि गरेका छन् । भूवन केसीको नाम बारम्बार यूवतीहरुसँ जोडिएको पनि छ ।नेपाली सिने नगरीमा लामो समय बिताइसकेका भूवनलाई अहिलेका धेरैजसो नायिकाहरुको नाङ्गीएर चलचित्रमा टिक्ने सोचाई ठिक लागेको छैन । उनलाई नेपाली सिनेमाको सुनौलो दिन आज छ जस्तो लाग्दैन । ‘जतिबेला संझना, सपना, कुसुमे रुमाल, करोडपती जस्ता सिनेमा प्रदर्शनमा आएका थिए, त्यस्तो अहिले कहाँ छ र’, भुवनले भने ।
नेपाली सिनेमाको बिकास र बिस्तारका लागि प्रविधीमा आधुनिकता आउनु पर्ने उनको तर्क छ । ‘तर सिनेमामा आधुनिकता भित्राउने नाममा छाडापना र नग्नता भित्रनु हुदैन’, भूवनले भने । ‘पहिले कलाकारहरुको क्रेज थियो, दर्शकमा नेपाली सिनेमा प्रतिको उत्सुकता थियो तर अहिले त्यस्ता कहाँ छ र’, भूवनले गुनासो गर्दै भने ।
नेकपा एमालेले समानुपातिक तर्फबाट उम्मेदावर बनाएपछि भूवन यतिबेला भोट माग्नमा नै व्यस्त छन् । उनले आफ्नो तिहार पनि चुनावी माहोलमै बित्ने तर्क गरे ।
४२ दिनसम्म थाइल्याण्डमा चलचित्रको सुटिङ सकेर ‘स्टूपिड मन’ यूनिट काठमाण्डौ फर्किएको छ । ३५ दिनको सेड्यूल बनाएर थाइल्याण्ड पुगेको चलचित्रको यूनिट प्राविधिक कारणबस केही समय ढिला नेपाल फर्किएको हो । मौसम र क्यामेराका कारण केही ढिला भएको निर्देशक दिवाकर भट्टराइले जानकारी दिएका छन् ।विवेक शाही र नायक निरज बरालको निर्माणमा तयार भएको यो सिनेमाको सम्पूर्ण छायांकन थाइल्याण्डमा नै गरिएको हो । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा निरज बराल, जीवन लुइटेल, चाँदनी शर्मा र रिजु श्रृष्ठको मुख्य भूमिका छ ।
चलचित्रको छायांकन सोचेको भन्दा राम्रो भएको भन्दै स्थानिय प्रशासन र थाइल्याण्ड सरकारबाट पनि राम्रो साथ पाएको निर्देशक भट्टराइको तर्क छ । चलचित्रले माया र प्रेमको कथा बोल्छ । थाइल्याण्डमा बस्ने युवक र उसको जीवनमा घेरिएको विभिन्न घटनाको सेरोफेरोमा स्टूपिड मन घुमेको छ ।
यसअघि ‘मेरो जीवन साथी’ बनाएका निर्देशक भट्टराइले ‘स्टूपिड मन’लाई पनि दर्शकले साथ दिने बताए । चलचित्रमा अर्जुन पोखरेलको संगीत, चन्द्र शर्माको द्वन्द्व, संजय लामाको छायांकन छ ।
७ कात्तिक, काठमाण्डौ । लामो समयदेखि पेटको क्यान्सरवाट पीडित चिकित्सक चित्रप्रसाद वाग्लेको निधन भएको छ । आइतवार राजधानीको धापासिस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका वाग्लेको विहीवार मध्यान्ह उपचारका क्रममा निधन भएको हो । अस्पताल स्रोतले वाग्लेको अपरान्ह १२ बजेर ५ मिनेटमा निधन भएको जनाएको छ ।
गत आइतबार नियमित परीक्षण गराउन गएका उनलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। अर्घाखाँचीमा १२ वर्ष चिकित्सका रुपमा सेवा गरेका उनको उपचारका लागि देश र विदेशबाट लाखौ रकम उठाइएको थियो।
चिकित्सक वाग्लेले १३ महिनासम्म भारतको गान्धी अस्पताल उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचार गराउन सो अस्पतालले अमेरिका र क्यानडामध्ये एक अस्पतालमा रिफर गरेको थियो ।
१ करोड ३० लाख बढी लाग्ने उपचार खर्च जुटाउन नसक्दा वाग्ले काठमाडौ फर्कनुभएको थियो । वाग्लेको उपचारका लागि देश विदेशमा रहेका नेपालीले अभियान चलाइरहेका थिए । उनको मृत्यु हुनुअघिसम्म पनि सहयोगीहरू रकम लिएर अस्पतालमै पुगेका थिए । वाग्लेको उपचारका लागि जुटेको २० लाख बढी रूपैयाँ पनि जम्मा भइसकेको थियो । वाग्लेका ६ र ८ वर्षीय दुई छोरी र ११ वर्षीय अपाङ्ग छोरा छन् ।
अधुरै रह्यो दुर्गम जिल्लामा बिरामीको सेवा गर्ने धोको
पेटको क्यान्सर उपचारका लागि खर्चको अभावले अमेरिका जान नसकी दिल्लीबाट काठमाडौं फर्किनुभएका डा।चित्रप्रसाद शर्मा वाग्लेले आफू निको भएको खण्डमा पहिले काम गरेको अर्घाखाँची अस्पतालभन्दा पनि दुर्गम जिल्लामा गएर जनताको सेवा गर्ने गत भदौमा अनलाईखबरलाई दिएको अन्तरवार्तामा बताउनुभएको थियो । राज्यले उपचार गरेन भने मृत्युको विकल्प नरहेको भन्दै उहाँले चितवनमा बसेर देवघाटका वृद्धवृद्धाको उपचारमा बाँकी जीवन खर्चिने इच्छा व्यक्त गर्नुभएको थियो ।
‘स्वास्थ्यले अलि साथ दियो भने चितवन गएर बस्छु । देवघाटको वृद्धाश्रममा हप्तामा दुईपटक जान्छु, त्यहाँ हेल्थ चेकअप गरिदिन्छु । चितवनमै बस्छु ।’ मृत्युलाई नजिकबाट चिहाइरहनुभएका डा. शर्माको भनाइ थियो- ‘रहेको जीवनलाई यसै के राख्नु ?’
अनलाइनखबरको टोली शर्मालाई भेट्न धापासीस्थित डा. बाग्लेको घरमा पुग्दा गत भदौमा उहाँ दुःखाइ कम गर्ने औषधी मफिर्न खाएर बस्नुभएको थियो । त्यसबेला उहाँले परिवारको अवस्था सम्झेर आँशु खसाल्दै भन्नुभएको थियो-१२ वर्षको छोरा सुस्त मनस्थितिका छन् । सुरुमा मासिक साढे ६ हजारमा सुस्त मनस्थितिहरुको एउटा केन्द्रमा भर्ना गरिएको थियो । अहिले आफूलाई क्यान्सर भएपछि करिव १ महिनाअघि हात जोडेर डोनर खोजिएको छ । परिवारजन सम्झनासाथ गहभरि आँशु पार्दै डा. शर्माले अनलाइनखबरसँग त्यसबेला भन्नुभएको थियो ‘९ वर्षीया छोरी ४ कक्षामा पढि्छन्, ६ वर्षीया अर्की छोरी यूकेजीमा अध्ययनरत छिन् । मृत्युलाई मसहज रुपमा त लिन्छु । तर, केटाकेटी देखेपछि मेरो मन रुएर आउँछ ।’
सरकारी कर्मचारीलाई उपचार गर्न नदिई त्यत्तिकै मर्न दिने हो सरकारले गोली हानिदिए हुने उहाँको प्रतिक्रिया थियो ।सरकारले उपचार नगर्ने हो भने काम नलाग्ने कर्मचारीलाई गोली हानेर मारिदिनुस् । जिउँदो राखेपछि त तलव खुवाउनुपर्छ बेकारमा । गोली हानेर मारिदिनुस् । गम्भीर हुँदै डा। वाग्लेले त्यसबेला अनलाइनखबरसँग भन्नुभएको थियो-त्यो पनि गर्न सक्नुहुन्न भने मलाई देहत्याग गर्ने अनुमति दिनुस् । घाऊ दुःखी दुखी बस्नुभन्दा मर्न चाहन्छु । मैले मर्न त पाउनु पर्यो नि ।
-
७ कात्तिक, धरान । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले बहुमत पाए देशलाई ४० बर्षमा संसारकै सुन्दर र विकसित मुलुक बनाउने दावी गर्नु भएको छ । बिहीवार धरानको भानुचौकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले देशको विकास हुन नसकेको भन्दै एमाओवादीलाई बहुमत दिन आग्रह गर्नु भयो । उहाँले अघिल्लो संविधानसभाबाट चार बर्षमा पनि संविधान बनाउन नसकेको जिम्मेवारी आफुले लिने बताउँदै अब त्यस्तो नहुने प्रतिबद्धता जनाउनुभयो ।
एमाओवादीलाई बहुमत दिलाउन सहयोग गरे धरानमा विकासको मुल फुटाउने आश्वासन समेत दिनु भयो । स्थानीय निर्वाचनमा नगरपालिकाका मेयरका उम्मेदवारले दिने आश्वासन जस्तै गरी उहाँले धरानको खानेपानी समस्या समाधान गर्ने, धरानलाई पुर्वकै केन्द्रको रुपमा विकास गर्ने र धरानका सुकुम्बासीहरुलाई धनीपुर्जाको व्यवश्था गर्ने आश्वासन बाँडनु भयो ।
आमसभामा बोल्दै सुनसरी क्षेत्र नं १ बाट एमाओवादीका तर्फबाट प्रत्यक्ष तर्फको उमेदवार बन्नु भएका मुक्सामहाङ मेयाङवोले पनि आफुले जीते सुनसरी क्षेत्र नं. १ लाई पुर्वकै पर्यटकिय नाका बनाउने आश्वासन दिनु भयो । उहाँलेपनि धरानको खानेपानी, बसपार्क, सुकुम्बासी समस्या समधानको पहल गर्ने बताउनु भयो । प्रचण्ड आएको मौकामा एमाओवादीले विभिन्न पार्टीबाट आएका डेढ दर्जनलाई पार्टी प्रवेश गराएको छ । पार्टी प्रवेशको घोषणा गरिएका नेपाली काँग्रेसको भातृ संगठन नेपाल लिम्बु संघका केन्द्रीय अध्यक्ष अर्जुनबाबु माबुहाङ र पत्रकार जसकुमार राई भने प्रचण्डको हातबाट टिका लगाउने कार्यक्रममा सहभागी थिएनन् ।
-