युवती जिस्काएको विषयले सिरहामा तनाव, कयौ घाइते, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी कर्फ्यू जारी (भिडियो रिपोर्ट)

सिरहा, २५ साउन । (अपडेट-३) सिरहा जिल्लाको सारस्वर-२ मा स्थानीय दुई समुदायको झगडाले उग्ररुप लिएपछि स्थानीय प्रशासनले शुक्रबार दिउंसो २:४० बजेदेखि भोली बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । सारस्वर गाविसमा हिन्दु र मुस्लिम समूदायबीच झड्प हुँदा दुई जर्दन भन्दा बढी घाइते भएका छन् भने ९ घरमा आगलागी भएको हो ।



स्थानीय पत्रकार रामभरोसी महतोका अनुसार गएको सोमबार धनुषबाट सिरहाको चारश्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न आएका बोलबम महिला यात्रीहरुलाई स्थानीय मुस्लिम समुदायका युवाहरुले दुर्व्यवहार र आक्रमण गरेको थियो । त्यसको निहुंमा आज झड्प भएको हो ।

दुबै तर्फकाले घरेलु हातहतियारका साथ एक अर्का माथि आक्रमण गरेका हुन् । घाइते हुनेहरुमा स्थानीय सुभान दफाली, आमिन कुजरा, आदम दफाली, ताहिर मिया, नथिया मियाँ, सुनर राइन, इसा दफाली, नबाब सेखको घरमा र मस्जिदमा समेत आगजनी गरेको छ । उनीहरुले एक दर्जन परालको कुन्यूँमा समेत आगजनी गरेको छ । आगजनीबाट नौ वटा घर जलेको छ । घरमा भएको सम्पूर्ण सामग्री जलेको हो । लहान, धरान र इटहरीबाट आएको बारुण यन्त्र र शुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएको छ । जस मध्ये घाइते चार जनाको अहिले सिरहा स्थित जिल्ला अस्पतालमा उपचार भइरहको छ । प्रहरीले दर्जनौं भन्दा बढी राउण्ड अश्रृग्यास प्रहार गरेका छन् भने दर्जन साउण्ड फायर गरेको छ ।

सिराहाको प्रमुख जिल्ला अधिकारी अनिल ठाकुलरले स्थितिलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सयौंको संख्यामा परिचालन गरिएको जनाएका छन् । साथै अवस्थलाई नियन्त्रणमा लिनका लागि पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र अञ्चल प्रहरी कार्यालय राजविराजबाट थप सुरक्षाकर्मी उतारिएको छ ।