• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal
एक तस्विर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्विर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दुखि नभई सुखै पाउँदैनन्। बिभिन्न देशका फोटोग्राफरहरुले विगतमा संसारका बिभिन्न बिषयमा केहि यस्ता तस्विर खिचेका छन्, जसले भोक, त्रास तथा ऐतिहासिक पलको दुनिया सामु व्यक्त गरेका हुन्छन।



हामीले तपाईसामु दश यस्ता तस्विर प्रस्तुत गर्दैछौँ जसले दर्दनाक घटना तथा प्रकोपलाई दुनियासामु प्रष्ट पार्छन्। यो तस्विर प्रस्तुत गर्नु तपाईलाई दुखी बनाउने हाम्रो उद्देश्य नभई घटनाबाट पाठ सिक्नुपर्छ भन्ने हाम्रो मान्यता छ।

१. बौद्ध भिक्षुको आत्मदाह (1963)

यस तस्विरले पुरै दुनियालाई शोक सन्तप्त बनाईदियो। यहाँ बौद्ध भिक्षु दक्षिणी वियतनाममा अमेरिकी युद्दको विरोध गरिरहेका थिए। भिक्षुले आफैले आफुलाई आगो लगाए। अचम्मको कुरा के छ भने शरिरमा आगो लाग्दै गर्दा उनि न चिच्याए न त जलुञ्जेल हल्लिए नै। उनले चुपचाप आत्मदाह गरे।



२. इराक युद्ध (2003)

एक इराकी कैदीलाई आफ्नो चार बर्षको छोरा भेट्न आए। उसको छोराले आफ्नो पिताको ढाकिएको अनुहार तथा हातमा लगाएको हतकडी देखेर डराए। कैदीले सैनिकसँग अपिल गरे की आफ्नो हतकडी खोलियोस् र आफुले बच्चालाई मायाले समाउन पाउँ। अन्तत: सैनिकले कैदीको आग्रह मानेर हतकडी खोलिदिए।



३. भोपाल ग्याँस काण्ड (1984)

भोपाल ग्याँस काण्ड दुनियाको सबैभन्दा ठुलो औद्योगिक घटना मध्ये एक हो। भारतको मध्य प्रदेशको राजधानी भोपालमा भएको उक्त त्रासदीमा पच्चिस हजार भन्दा बढि मानिस प्रभावित भएका थिए। यो तस्वित सोही घटनाको हो। घटनास्थलमा एक बच्चाको शरिर फेला पर्यो। ग्याँस का कारण बच्चाको आँखा पनि बाहिर निस्किएका थिए।

































४. पहिलो कालो विद्यार्थीलाई निकाला (1957)

नर्थ कैरोलिनाको हैरी हार्डिंग हाई स्कूलमा डोरोथी काउण्ट सबैभन्दा पहिलो ब्ल्याक स्टुडेण्ट(कालो वर्णकी विद्यार्थी) थिईन्। स्कूलमा पहिलो दिन उनलाई अभद्र व्यबहार भयो। आमा-बाबुले उनको सुरक्षाको ध्यान राखेको पहिलो दिनबाटै उनलाई स्कूलबाट निकाला गरिएको थियो। तस्वीरमा देख्न सकिन्छ की कसरी उनका साथीले उसको मजाक उडाईरहेका छन्।



५. भुकम्पले आमाकै अगाडी पाँच बच्चाको ज्यान लियो (1983)

सन् 1983 मा आएको भूकम्पमा आफ्ना पाँच बच्चाको आफ्नै अगाडी ज्यान लिएको थियो। यो तस्विरले बताउँछ की उसलाई कति पिडा भईरहेको छ।



६. आफ्नै सैनिक र नागरिकमाथी बम प्रहार

कहिलेकाहीँ क्षमा गर्न योग्य नरहने गल्ती समेत हुने गर्छन्। दक्षिण भियतनाममा चलिरहेको युद्दका बेला भियतानामी प्लेनको गल्तीले नेपाम बम आफ्ना सैनिक तथा नागरिकमाथी बर्सियो। ईलाकामा भागदौड मच्चियो। भियतनाम-अमेरिकी युद्दको बेला नेपाम बम बनाईएको थियो।



७. ज्वालामुखी पछि हिलोमा फसेकी आमयरा सांजेच (1985)

कोलंबियाको आर्मिरोमा सन् १९८५ मा फुटको ज्वालामुखीबाट २५ हजार मानिसको मृत्यु भएको थियो। आमयरा सांजेच १३ बर्सकी थिईन्। उनि हिलोमा फसेकी थिइन्। आफ्नो घर बर्बाद भएपछि पनि उनि तीन दिन सम्म हिलोमा नै गाडिएकी थिइन्। फ्रेंक फार्नियर यो तस्विर लिएका थिए। यसै तस्विरले 1985 मा वर्ल्ड प्रेस फोटो अफ द ईयरको पुरस्कार जितेको थियो। केहि दिनपछि आयमराको मृत्यु भयो।



८. स्पाइनल कर्ड नबन्दै अप्रेशन (1999)

यो तस्विर सन् १९९९ को हो, जब डक्टर्सले स्पाइना बिफिडा को सफल अप्रेशन गरेका थिए। यो एक प्रकारको डिसअर्डरको जसमा बच्चाको स्पाइनल कडको पूर्ण रुपमा बनेको हुँदैन या यसको कुनै काम हुँदैन। स्पाईनल कड नबन्दै अप्रेशन गरेर बच्चा निकाले पछि बच्चाको हड्डीको विकास हुँदैन।



९. घरमा आगो लागेपछि झ्यालबाट हाम फाल्दै (1975)

सन् १९७५ मा यो दर्दनाक तस्विर क्यामरामा कैद भएको थियो। घरमा आगो लागे पछि आमा र बच्चाले झ्यालबाट हाम फाले। माथिल्लो तलामा रहेका उनिहरु जर्ने भर्यांग समेत जलिसकेको थियो। भूईँमा पछारिएर आमाको मृत्यु भयो। बच्चा भने मरेकी आमाको शरिरमा पछारिएर बाँचेका थिए।


































१०. बच्चा मर्ने क्षण पर्खँदै गिद्द

यो तस्विरलाई अवार्ड मिलेपछि यसको फोटोग्राफरले आत्महत्या गरे। अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने क्षणको पर्खाईमा छ यो गिद्द। यस तस्विरले पश्चिमी देशमा हलचल ल्याईदिएको थियो।























भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
तिघ्रामा रक्सी खन्याएर चाटेको दृश्य हटाउने’- यस्तै लेखिएको थियो एक चलचित्रको केन्द्रीय चलचित्र जाँच समितिले प्रदान गर्ने सार्वजनिक प्रदर्शन अनुमतिपत्रमा। वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्र



यसअघि पलपलमा, लुट, चपली हाइट, बर्बाद, एटीएमजस्ता चलचित्रले एडल्ट सर्टिफिकेट पाएका थिए। फरकधार भन्दै यस्ता चलचित्र निर्माण गर्ने क्रम रोकिएको छैन। यस वर्ष भने यो तथ्यांक ह्वात्तै बढेको छ। केन्द्रीय चलचित्र जाँच समितिका अनुसार आर्थिक वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्रमा जस्ट फर यु, नेपथ्य, सुपारी, कर्कस, रोमान्स, त्रास, मिसन फर ट्वान्टी, लभ फरएभर, रिंगरोड, प्लेगर्ल, युज, अपि्रल फूल, छड्के, कलिउड, किन किन, नाइन ओ क्लक, धन्दा, ब्लाक नाइट, लभ यू-म्यान, लुट कम्पनी, धूवाँ यो नशा, साइना, फूलस्टप तथा बिन्दास छन्। माथि उल्लेखितमध्ये केही चुपचाप प्रदर्शनमा आए र उत्रिए भने केहीले एडल्ट सर्टिफिकेट पाएको कुरालाई नै चलचित्रको विज्ञापनको माध्यम बनाए। श्रोत ©कान्तिपुर साप्ताहिक



भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
काठमाडौ, साउन २५ – हाँस्य कलाकारका लागि ठूलो चाड हो गाईजात्रा । यो बेलामा बिभिन्न विषयमा छेडछाड र ब्यंग्यवाण हानेर दर्शकको ताली र राम्रो कमाइ पनि पाउँछन्, कलाकारहरुले । यसवर्षको गाईजात्रा आउन दुई हप्ता बाँकी छँदै कलाकारहरु यसको तयारीमा लागिसकेका छन् ।

डेढ वर्षअघि अमेरिका भास्सिएका हाँस्यकलाकार गोपाल नेपाल ‘फिस्टे’ पनि गाईजात्राका लागि नेपाल आएका छन् । अमेरिका बसाइसँगै गोरो र मोटो देखिएका उनले हस्यौंली पारामा भने–‘रुप रंग र मोटाइ हेरेर मलाई अब फिस्टे होइन बिस्टे भन्नुस् ।’

गाईजात्रा मान्नकै लागि भनेर अमेरिकादेखि नेपाल आएको बताउने फिस्टेका अनुसार यसपालीको गाईजात्रामा उनको विशेष प्रस्तुति रहनेछ । अमेरिकामा रहँदा अघिल्लो सालको गाईजात्रालाई खुब ‘मिस’ गरेको उनले सुनाए ।

अमेरिका भास्सिएका अरु कलाकारहरु झै उनले पनि भन्न भ्याइहाले ‘अमेरिकामा रहेर पनि मैले कलाकारितालाई अगाडि बढाईरहेको छु, त्यहाँ हुने कार्यक्रममा सहभागिता जनाउँछु ।’ पैसा कमाउन अमेरिका गएको भएपनि आफ्नो लागि पैसा नै सबैभन्दा ठुलो कुरो नरहेको उनले दावी गरे ।

अमेरिकालाई आफ्नो भोगाईको आधारमा उनले यस्तो परिभाषा दिए ‘आ मरि खा अर्थात आउने मरिमरि काम गर्ने र गरि खाने ।’ रमाइलो गरिरहने उनलाई अमेरिका कामको थुप्रो मात्रै हो भन्ने लाग्छ । ‘रमाइलो त नेपाल नै छ’ उनी भन्छन् ।



चार महिनाको नेपाल बसाइमा गाईजात्रासँगै अरु दुईचारवटा कार्यक्रम पनि भ्याउने फिस्टेको योजना छ । नेपाल फर्किएको एकहप्तामै उनी तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिश्रृंखलामा ब्यस्त बन्न थालेका छन् । सबैको प्रशंसनीय अभिनय कला भएका फिष्टे राम्रो नृत्यकलाकार पनि हुन् । विगतमा उनले गाइजात्रे एल्बममा प्यारोडी गीत पनि गाएका छन् ।

३३ वर्षे फिष्टेलाई चलचित्र बनाउने पनि खुब रहर छ । नेपाली चलचित्रमा छाडापन बढ्दै गइरहेको बेलामा केही साथीहरुसँग मिलेर मौलिक चलचित्र बनाउने योजना पनि उनले सुनाए । हाँस्य कलाकार जितु नेपालका भतिज भएकाले सबैले उनलाई ‘भतिज कलाकार’ भन्छन् । उनी कुनै बेला अहिलेका चर्चित हाँस्यकालकार दीपकराज गिरीका जोडी समेत थिए । तर रमाइलो कुरो के छ भने, दीपकले फिस्टेलाई भतिज र फिस्टेले दीपकलाई अंकल नै भनेर बोलाउँछन् ।

अंकल भतिजको यो जोडीले कमाल देखाउन भने सकेन । आफूलाई फिस्टेबाट बिस्टे भएको बताउने गोपाल एक्लैले यो गाईजात्रामा कस्तो कमाल देखाउलान्, त्यो त हेर्न बाँकी नै छ । -

भिडियो हेर्नको तलको बक्स मा डबल क्लिक गर्नु होस्
सिरहा, २५ साउन । (अपडेट-३) सिरहा जिल्लाको सारस्वर-२ मा स्थानीय दुई समुदायको झगडाले उग्ररुप लिएपछि स्थानीय प्रशासनले शुक्रबार दिउंसो २:४० बजेदेखि भोली बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । सारस्वर गाविसमा हिन्दु र मुस्लिम समूदायबीच झड्प हुँदा दुई जर्दन भन्दा बढी घाइते भएका छन् भने ९ घरमा आगलागी भएको हो ।



स्थानीय पत्रकार रामभरोसी महतोका अनुसार गएको सोमबार धनुषबाट सिरहाको चारश्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न आएका बोलबम महिला यात्रीहरुलाई स्थानीय मुस्लिम समुदायका युवाहरुले दुर्व्यवहार र आक्रमण गरेको थियो । त्यसको निहुंमा आज झड्प भएको हो ।

दुबै तर्फकाले घरेलु हातहतियारका साथ एक अर्का माथि आक्रमण गरेका हुन् । घाइते हुनेहरुमा स्थानीय सुभान दफाली, आमिन कुजरा, आदम दफाली, ताहिर मिया, नथिया मियाँ, सुनर राइन, इसा दफाली, नबाब सेखको घरमा र मस्जिदमा समेत आगजनी गरेको छ । उनीहरुले एक दर्जन परालको कुन्यूँमा समेत आगजनी गरेको छ । आगजनीबाट नौ वटा घर जलेको छ । घरमा भएको सम्पूर्ण सामग्री जलेको हो । लहान, धरान र इटहरीबाट आएको बारुण यन्त्र र शुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएको छ । जस मध्ये घाइते चार जनाको अहिले सिरहा स्थित जिल्ला अस्पतालमा उपचार भइरहको छ । प्रहरीले दर्जनौं भन्दा बढी राउण्ड अश्रृग्यास प्रहार गरेका छन् भने दर्जन साउण्ड फायर गरेको छ ।

सिराहाको प्रमुख जिल्ला अधिकारी अनिल ठाकुलरले स्थितिलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सयौंको संख्यामा परिचालन गरिएको जनाएका छन् । साथै अवस्थलाई नियन्त्रणमा लिनका लागि पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र अञ्चल प्रहरी कार्यालय राजविराजबाट थप सुरक्षाकर्मी उतारिएको छ ।

तीज की रत्यौली ?
 सारी कम्मरै मूनि जति हेरेनी नहुनी..., साँझ परेसी भेट्न आउ है कालु..., आउ नाचौं डिस्कोमा तीज..., तीजका गीत यस्तै हुन त ? शव्द मात्रै सुन्दा त यस्ता लाग्ने गीतको भिडियो कस्ता होलान् ? सायद धेरैले यी गीतका भिडियो समेत हेरिसकेका छन । त्यसैले सामाजिक सञ्जालमा समेत तीजका गीतबारे टिकाटिप्पणी उठ्न गरेका छन् ।



पछिल्ला केहि बर्षका तीजका गीत निक्कै आलोचनामा पर्दै आएका छन् । बर्षैभरी पाएका दुःख र सामाजिक घटनाक्रम पहिले पहिले तीजका गीतका बिषय बन्थे । तर हिजो आज बजारमा आएका गीत रत्यौलि जस्तै छन् । लोकगीत भने पछि हुरुक्क हुने पुजा बेल्वासे आफ्नो फेसवुक स्टाटसमा लेख्छिन– हरे शिव, यो तीजका गीत पनि कस्ता कस्ता हुन्, गाउनेलाई भन्दा सुन्नेलाई लाज ।’ माया पिरती र रुप रङ्गको चर्चा भएका धेरै गीत अहिले तीजका गीतका नाममा बजारमा आएका छन् ।

खासगरी तीन बर्ष यता त्यस्ता गीत गाउने र म्युजिक भिडियो बनाउने होड नै चलेको छ । त्यसैले लोक र तीजका गीत लेख्न माहिर रमेश बिजी भन्छन् – यसो भन्दा साथीहरुको मन दुख्ला, तर चाडपर्व , धार्मिक र सांस्कृतिक महत्व बोकेका पर्वबारे गीत लेख्दा ध्यान दिनु जरुरी छ ।

म्यूजिक भिडियो र पुरुष गाएका गीत मात्रै होइन तीजका गीतमा हिन्दी शव्द समेत प्रयोग गर्न थालिएका छन् । बिजी थप्छन– रत्यौली र तीजमा के फरक ? व्यवसायीक प्रतिस्पर्धा तीजका गीतमा धेरै हुन थालेको छ । बिक्रीको बिक्रि खस्केर हात लाग्यो शुन्य हुन थालिसकेपनि रहरकै लागि गीत निकाल्ने भनें थपिएका थपियै छन् ।

त्यसैले आफ्नो गीत अलिक धेरै बेच्न यो बर्ष जेठ तिरै तीजे गीत बजारमा छ्यापछ्याप्ती आइसकेका थिए ।त्यसैले पुराना गायक प्रजापति पराजुली तीजका गीत गाउन र लेख्न छाडेको बताउछन् । हुन त अहिले हाम्रो समाज पनि फेरिएको छ । धेरै बुहारीले पहिलेपहिले जस्तो अत्याचार खेप्नु पर्दैन जसका कारण तीजका गीतको भाव फेरिनु स्वभाविक हो । तर रत्यौलिको शव्द र दोहोरीमा प्रयोग हुने भाकाले तीजका गीतलाई साह्रै हल्का बनाएका छन् । संस्कृतिभित्र रहेको तीज पर्वमा निकालिने यस्ता गीतले गायक गायिकाले त नाम कमाउलान् तर यस्को गरिमालाई भने ओरालोतिर लैजादै पनि छ ।nepaliheadlines

पुरा भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
२५ साउन, एजेन्सी । भारतको कानपुरमा एक महिलामाथी उनकै पतिले तेजाब खन्याएका छन् । १५ वर्ष अगाडि बिबाह भएको र अहिलेसम्म पाँच सन्तान भएको तर ती सबै छोरी मात्र भएपछी पतिले यसपटकको गर्भमा रहेको बच्चाको लिङ्ग परिक्षण गर्न चाहेका थिए तर पत्नीले अस्विकार गरेपछी रिसको झोकमा पत्नीको यौनाङ्गमा तेजाब खन्याएका थिए ।



गर्भमा रहेको सन्तानको लिङ्ग परिक्षण गर्न नमान्ने पत्नीलाई उनका पतिले करिब ४ दिनसम्म घरमा थुनेर राखेका थिए । यसबारे ती महिलाकी छोरीले उनको माइतमा खबर गरेपछी माइतीले आएर उनलाई अस्पताल भर्ना गराएका थिए जहाँ उनको अहिले पनि उपचार भइरहेको छ । महिला तथा उनका माइतीले भने महिलाका पति विरूद्ध कुनै मुद्धा भने दर्ता गराएका छैनन् ।

पिडित महिलाले आफूले तीन छोरी जन्माएपछी सन्तान नजन्माउन चाहँदा पनि पतिले नमानेपछी सन्तान जन्माएको र ती पनि छोरी जन्मिएको बताएकी छीन् । यसरी पाँच वटा छोरी जन्मिएपछी पनि पतिकै करले अर्को सन्तानका लागि आफू तयार भएको र यसपटक गर्भमा रहेको बच्चाको लिङ्ग परिक्षण गराउन खोज्दा आफुले नमानेपछि पतिले आफुमाथी यस्तो अत्याचार गरेको बताएकी छिन् ।



पुरा भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |






बाँकी भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
अमेरिकी चर्चित पप गायिका रिहान्ना हक्की स्वभावकी सेलिब्रेटी मानिन्छिन् र विभिन्न समयमा विभिन्न खाले हर्कतका कारण चर्चामा रहन्छिन् । हालै उनी आफ्ना उत्तेजक तस्वीरका कारण चर्चामा छन् ।



गृहनगर बार्बाडोसमा परिवार सँग रहेकी रिहान्नाले हालै निकै उत्तेजक तथा अश्लील खालका तस्वीर इन्टरनेटमा अपलोड गरेकी छिन् । समुद्री तटतिरका ती बिकिनी तस्वीरमा उनले आफ्नो नितम्बमा धुलो टाँसिएको देखाएकी छिन् भने अन्य तस्वीरमा उनको हाउभाउ निकै उत्तेजनापूर्ण देखिन्छ ।





भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |


आफ्नी श्रीमती अर्कैसित लागेकोले श्रीमानले गोली ठोकी हत्या गरे।Read More Story..









पुरा भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
बुटवल,साउन २५आज बिहान बुटवलको नया वसपार्क अगाडी भएको दुर्घटना परी १ जनाको ज्यान गएको छ । अर्का १ जना गम्भिर घाइते भएका छन् । लु.१ ख ६०१५ नम्बरको ट्रकले लु.११ प.४४६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार विश्व श्रेष्ठको घटना स्थलमै मृत्यु भएको हो ।



सोही मोटरसाईकलका चालक पुरन राना घाईते भएको प्रहरीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ गैरहेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाईकललाई ठक्कर दिएको थियो । उनिहरु दुबै जना गुल्मी वामीटक्सार १ निवासी हुन् केहि समयदेखि उनीहरु बुटवल मिलनचोमा बस्दै आएका थिए ।



घाइते रानाको टाउको र कानमा गहिरो चोट लागेको छ उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाइ वडा प्रहरी कार्यालय रामनगरले नियन्त्रणमा राखेको छ ।



भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
बलिउडमा गत वर्ष छिरेकी पोर्नस्टार सन्नी लियोनले बलिउडकी नम्बर वान भिनेत्री कटरिना कैफ मात्र होइन पछिल्लो समयकी हट नायिका दीपिका पादुकोणलाई समेत पछारेकी छिन् । सन्नी सँगको यो लडाइँमा विद्या बालन, सोनाक्षी सिन्हा तथा प्रियंका चोपडा निकै पछि रहेका छन् ।



यद्यपि धेरै फिल्म खेलेर वा उनले खेलेको फिल्मले धेरै कमाएको हुनाले सन्नीले अरु हिरो हिरोइनलाई जितेकी होइनन् । इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टार मा पहिलो नम्बरमा परेकी हुन् । यो खोजीको लडाइँमा सन्नी सँग सलमान तथा शाहरुख र रणविर कपूर लगायत सबैले हारेका छन् ।

गत जुन महिनामा सन्नी लियोनलाई साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरिएको छ । दोश्रो स्थानमा रहेकी क्याटरिना कैफलाई जुन महिनामा १ करोड ८५ लाख पटक सर्च गरिएको छ भने तेश्रो स्थानकी करीना कपूरलाई १ करोड १५ लाख पटक खोजी गरिएको छ ।सलमान खान बढि खोजी गरिएको सेलिब्रेटीको चौथो स्थानमा छन् । उनलाई १ करोड १४ लाख पटक सर्च गरिएको छ । पाँचौ स्थानमा ऐश्वर्या राय छिन् । उनलाई ९२ लाख पटक सर्च गरिएको छ । छैटौँ स्थानमा अक्षय कुमार रहेका छन् ।

सातौँ स्थानमा अहिलेकी जल्दीबल्दी नायिका दीपिका पादुकोण रहेकी छिन् ।आठौँ नम्बरमा रणविर कपूर छन् । उनलाई ६५ लाख जनाले खोजी गरेका छन्। नबौँ नम्बरमा आमिर खान रहेका छन् भने दशौँ नम्बरमा अनुष्काले छलाङ मारेकी छिन् । टपटेनको यो सूचिमा शाहरुख खान देखि लिएर प्रियंका चोपडा तथा विद्या बालन लगायतको कुनै अत्तोपत्तो छैन ।
काठमाडौ । भारतीय सेनाको हत्यापछी बढेको तनावका बीच पाकिस्तानी सेनाले आफ्नो वायुसेनालाई लडाईका लागी दुई मोर्चा बनाएर तयार रहन निर्देशन दिएको छ । पाकिस्तानी सेनाले तयार राख्ने भनिएको दुई मोर्चामा एक मोर्चाले देशभित्रका विद्रोहीसँग लड्ने छ भने अर्को मोर्चाले भारतसँग हुन सक्ने युद्धको लागि तयार रहन निर्देशन दिएको छ ।

pakspeed
पाकिस्तानी वायुसेनाका अध्यक्ष एयर चीफ मार्सल ताहिर रफिक बटले बिहिबार पाकिस्तानी सेना दुई मोर्चामा युद्धका लागि तयार हुनेछ । एक साप्ताहिक पत्रिकाका लागि बटले दिएको अन्तरवार्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले आतंकविरोधी तथा भारतसँगको सम्भावित युद्धको लागि वायुसेनालाई निकै कडा तालिम दन थालेको उल्लेख गरेका छन् ।

बटका अनुसार पाकिस्तान र चीन मिलेर जेएफ-१७ विमान पनि विकसित गरिएको छ । यस्तै, पाकिस्तानले चीनबाट सन् २०१० मा आइएल-७८ समेत किनिसकेको छ ।

पाकिस्तानले निरन्तर भारतीय सेनामाथी लुकेर आक्रमण गर्ने गरेको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् । पाकिस्तानले लुकेर हमला गर्ने गरेको र युद्धको तयारी पनि तिव्र रूपले गरिरहेको रिपोर्टहरू भारतका सुरक्षा निकायहरुमा पुर्याइएको छ । भारतीय सुरक्षा निकायहरुले पाकिस्तानले सन् १९७१ मा भएको युद्धमा हार बेहोरेपछी निकै गुप्त रूपमा सैन्य अभ्यास गरिरहेको र युद्धका लागी निकै तयारी गरेको रिपोर्टमा जनाएका छन् । पाकिस्तानले युद्धको तयारीका लागि अमेरिका, चीन, साउदी अरब, अफगानिस्तान लगायतका देशहरुसँग संयुक्त युद्ध अभ्यास गरेको बताइएको छ ।


दक्षिण एसियामा भारतबाहेक पाकसि्तानका लागी अन्य कुनै पनि देशबाट खतरा छैन् । पाकिस्तानले गरिरहेको युद्धको तयारीका केही तस्विरहरू समेत सञ्चारमाध्यमहरूमा आएका छन् । केही भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानी सेनाले युद्धका लागी गरेको तयारीका केही तस्विरहरु समेत आफ्ना सञ्चारमाध्मयहरूबाट सार्वजनिक गरेका छन् ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

सेक्स ? हे यो विषयमा कुरै नगरौं, अधिकाशंले दिने रेडिमेड उत्तर हो यो। सेक्सका बारेमा कसैले कुरा गरिहाले पनि कुरा गर्ने व्यक्तिहरू आलोचनाको पात्र बन्ने निश्चित छ। हाम्रो समाज सेक्स वा यससँग सम्बन्धित विषयमा कति ढोंगी छ भन्ने कुरा यो विषयमा कुरा गर्नु पनि अपराध मान्ने मनोवृत्तिले प्रस्ट पार्छ।



यो त अप्रमाणित कुराकानीको विषय मात्र भयो, अब लागौं, प्रमाणित तथ्य खोज्न्, विश्वको नम्बर एक अनलाइन सर्च इञ्जिन गुगलले नेपाल र नेपालीको सेक्स प्रवृत्तिसम्बन्धी ऐना देखाइदिएको छ। चाहेर पनि ढाँट्न नसकिने यो यथार्थले सेक्सप्रतिको ढोंगी नेपाली धारणालाई वास्तवमै उदांगो बनाएको हो। गुगल इनसाइट फर सर्चमा सेक्स राखेर खोजी गर्दा यो यथार्थ छर्लंग हुन्छ। विश्वास गर्न गाह्रो पर्ला, इन्टरनेट युजरहरूको गुगल सर्चका आधारमा सेक्ससम्बन्धी सामग्री खोजी गर्ने राष्ट्रहरूको सूचीमा विश्व मै नेपाल दसौं स्थानमा छ। यो सन् २०११ मा गुगलमा नेपालीहरूले सेक्सका बारेमा गरेको खोजीको आधारमा तय भएको स्थान हो। श्रीलंका, भारत, पपुवा न्युगिनी, इथियोपिया, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, सोमालियापछि नेपालले उक्त स्थान बनाएको हो।

गुगलका अनुसार इन्टरनेट प्रयोगकर्तामध्ये ६४ प्रतिशत नेपालीले सेक्स रिलेटेड कन्टेन्ट (सामग्री) सर्च गरेका थिए। सेक्स रिलेटेड कन्टेन्ट खोज्ने क्रममा सन् २००९ र सन् २०१० मा नेपाल विश्वभरमै सातौं स्थानमा रहेको गुगलले देखाउँछ। इन्टरनेट वास्तवमै बेइमान छ, यसले अन्ततः सारा रहस्य खोलिदिन्छ। उसको सहारा लिएर गुम्सिएको यौन इच्छा पूरा गर्ने प्रयास त गरिएको हो तर यसले यो कुरा खोज्यो, त्यसले त्यो कुरा खोज्यो भनेर सबै सत्य बताइ हाल्छ। गुगल त झनै बेइमान रहेछ, सेक्सकै मामीलामा पनि कसले के कुरा धेरै खोजे पनि बताउँछ। फ्रि सेक्स, सेक्स भिडियो, सेक्स भिडियोज, सेक्स पोर्न, पोर्न, ट्युब सेक्स, इन्डियन सेक्स, सेक्स हट, सेक्स स्टोरिज, पोर्नो क्रमश धेरै टाइप गरिएका शब्द हुन् भनेर गुगल जानकारी दिन्छ। नेपालीहरू पनि यी शब्द टाइप गर्न माहिर छन् भन्ने कुरा पनि गुगलले स्पष्ट पारिसकेको छ । सन् २०१२को पहिलो १५ दिनमा नेपाल सेक्स सर्च गर्ने क्रममा चौथो स्थानमा रहेको गुगलले देखाउँछ
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
dogबालबालिकाको मन न हो । अमेरिकाका एक बालकले आफ्नो एक अपांग कुकुरका लागि हि्वल चेयर किन्ने पैसा जुटाउन सलाम गर्न लायक पौरख गरेका छन् । हि्वल चेयर किन्ने ३ सय डलर पैसा जुटाउन उनले साँचो राख्ने चेन देखि लिएर चुम्बक समेत बिक्रि गरे । केन्टकीका बासिन्दा ८ वर्षका राइडर म्याक कोनाथीले यस्ता खुद्रा सामान होलसेल पसलबाट किन्ने र खुद्रा बजारमा लगेर बेच्ने गरेर केही दिनमै आफ्नो कुकुरका लागि हि्वल चेयर किन्ने पैसा जुटाए ।



राइडरको एक वर्षजेठो साथी कुकुर कासियस एक वर्षघि माइलोप्याथी रोगले थलिएर अपांग बनेको थियो । अझ घरको माथिल्लो तलाबाट तल खसेपछि त्यो कुकुरको खुट्टा भाँचिएको थियो । आफ्नो साथी कुकुरको खुट्टा भाँचिएर हिँडडुल गर्न नसक्ने हुँदा राइडरको मन खायो । त्यसैले उनले उक्त कुकुरका लागि केही गर्ने निधो गरे ।

उनले खुद्रा सामान बेच्ने काम गरे र ३३० डलर जम्मा गरे । ३१५ डलरमा हि्वल चेयर किनियो र बाँकी १५ डलर राइडरका परिवारले एक संस्थालाई दान गरे । अहिले हि्वल चेयर पाएपछि कासियस हिँडडुल गर्नसक्ने भएको छ । धन्य ती पौरखी राइडर ।
हाम्रो समाजमा महिलाहरुलाई घूरनुलाई एक अपराधको श्रेणीमा रााखिएको छ । जबकि त्यसको ठीक उल्टो प्रतिदिन महिलाहरुलाई १० मिनेट सम्म घूरी रहनु पुरुषहरुका निम्ति स्वास्थ्यवर्धक हुन्छ भन्ने न्यू ईङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक सर्वेक्षणले देखाएको छ ।

पुरुष यदि दिनहुँ १० मिनेट सम्म महिलाहरुको स्तनलाई घूरेर हेरिरह्यो भने उनिहरुमा केवल हृदयघातको संभावना कम रहन्छ बल्कि उनिहरुको आयुपनि बढ्छ । डाक्टरहरुका अनुसार उन्नत वक्ष भएका महिलाहरुलाई प्रतिदिन १० मिनेट सम्म घूरेर हेर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।



वैज्ञानिकहरुको त यस्तोसम्म भनाई रहेको छ कि ठूलाठूला स्तन भएका महिलाहरुलाई घूरेर हेर्नेहो भने पुरुषहरुको उमेर बढछ । सर्वेक्षणको निष्कर्ष छ केहि मिनेट महिलाहरुको स्तनहरुलाई नियाली रहने हो भने स्वास्थ्यका निम्ति जिम जानु भन्दा राम्रो हुन्छ ।

एजिंगका एक विशेषज्ञ डाक्टरका भनाईमा सुसंगठित महिलालाई मात्र दश मिनेटसम्म हेर्ने हो भनेपनि यतिधेरै उर्जा खर्च हुन्छ जति उर्जा ३० मिनेट एयराबिक्स व्यायाममा खर्च हुन्छ । यस विलक्षण खोजको परिणामहरुलाई सार्वजनिक गर्नुभन्दा पहिले यस खोजी दलले ५ वर्ष व्यतित गरेको थियो ।

जो व्यक्तिहरुलाई प्रतिदिन महिलाहरुको स्तन हेर्न भनिएको थियो उनिहरुको अन्य व्यक्तिहरुको भन्दा रक्तचाप कम थियो । यस्ता व्यक्तिहरुको रेस्टिङ पल्स दरपनि ढिला थियो र उनिहरुको कोरोनरी आर्टरीको विमारीको खतरा पनि कम भएको थियो ।

डाक्टरहरुका अनुसार यौन उत्साहबाट हृदयको पम्पिङ गतिपनि तेज हुन्छ र यसले रक्त सन्चारमा पनि सुधार हुन्छ । यस्तो पनि मानिएको छ कि सामान्यतयाः पुरुषहरुको दृष्टि अन्य अंगहरु भन्दा महिलाहरुको स्तनमा धेरै समय सम्म अडिन्छ ।




तल बक्सको बिचमा क्लिक गरी भिडियोमा हेर्नुस्

२५ साउन, नवलपरासी । जन्मदिने आमा भन्दा ठूलो यो संसारमा अर्को कोहि हुँदैन भन्ने सत्य भनाइलाई एउटी आमाले बदनाम गरिदिएकी छिन् । आफुलाई आमाले नै गोरखपुरको एक होटलमा लगेर बेचिदिएको भनेर एक छोरीले प्रहरीमा उजुरी दिएकी छन ।नवलपरासी घर भइ भारतको माहाराजगँजस्थित माइती घरमा ४ वर्षदेखि बस्दै आएकी २० वर्षीया सोना बेगम (नाम परिवर्तन)ले आफ्नै जन्मदिने आमा विरुद्ध नवलपरासी प्रहरीमा उजुरी दिएकी छन ।



श्रीमानसँगको सम्बन्ध बिग्रिएपछि भारतको गोरखपुर छेउ महाराजगँजमा ४ वर्षदेखी बस्दै आएकी सोनाले आमा सलमा बेगम (नाम परिवर्तन) र नवलपरासीका अर्का व्यक्ति समिउल्लाहले आफुलाई घुम्न जाउँ भन्दै गोरखपुर लगेर बेचेको बताउँदै प्रहरीमा जाहेरी दिएकी हुन

उनका अनुसार होटल पुर्याएपछि आमाले एकैछिनमा आउछु भन्दै बाहिरीएको र फर्केर आउँदा सँगै अर्कै मान्छेलाई पनि ल्याएकी थिईन । बाहिरबाट आएर खाउ भन्दै दिएको जुस पिएपछि आफु बेहोस भएको पनि सोनाले बताएकी छिन् । बेहोस पछि होसमा आउँदा आफ्नो अगाडि नचिनेको मान्छे पाएपछि त्यहाँबाट जान खोज्दा उसले तेरो आमाले २० हजारमा बेचेर गएको भनेपछि उनी छांगाबाट खसेजस्तो भएकी थिईन ।

उनकी आमा अहिले फरार रहेकी छन भने समिउल्लाहलाइ प्रहरीले पक्राउ गरेको छ । आमा सल्मा भारतमा रहेकोले तत्काल पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीकी महिला सेल प्रमुख उषा ढुंगानाले बताइन भने खबर नयाँ पत्रिकामा छ ।

आमाले बेचेर हिडेपछि दलालले अर्को ठाउँमा लैजान खोज्दा भागेर हिडेकी सोनाले गोरखपुर औषधी गर्न गएका गाउँका दुइ व्यक्तिसँग भेट भएपछि उनीहरुसँगै गाउँ फर्केको बताएकी छन् ।

सञ्जीव बगाले/गृष्मा राजभण्डारी

काठमाडौं, श्रावण २४ । सांस्कृतिक पर्व तथा उत्सवहरु मनाउँदा गरिने तडकभडकले समाजमा विकृति र भ्रष्टाचार बढ्दै गएको छ । यस्ता काममा सरकारी ढुकुटीको समेत दुरुपयोग हुने गरेको देखिएपछि अख्तियार दरुपयोग अनुसन्धान आयोगले निगरानी सुरु गरेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)





बाँकी भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
कुनै बेला सडकमा गीत गाउँदै हिड्ने गायक रामकृष्ण ढकाल गीत संगीतबाटै करोडपति बने । तर, पछिल्लो समय उनी फेरी सडकमै झरेको चर्चा चल्न थालेको छ । भैंसेपाटीमा रहेको उनको घर लिलामीको सूचना पत्रिकामा छापिएपछि उनी फेरि सडकमै आइपुगेको हल्ला चल्न थालेको छ । आफ्नो हैसियतभन्दा बढि खर्च गर्ने, फेरी-फेरी गाडी चढ्ने र महंगो घरमा बस्ने शौखका कारण उनी धरासायी भएको टिप्पणी हुने गरेको छ ।



शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्र्तवार्ता दिंदै उनले घर लिलामी भएपनि आफु सडकमा आइ नसकेको र अझै आफुसंग पर्याप्त सम्पत्ति भएको दावी गरेका छन् । आफुले भर्खरै कियाको नयाँ स्र्पोटेज गाडी किनेको र हात्तिगौडाको घर पनि रहेको भन्दै ढकालले भने- अहिले पनि मेरो स्टाण्डर्ड घटेको छैन ।

हात्तिगौंडाको घर हुँदाहुँदै आफन्तको नजिक बस्न एक सहकारीको अनुरोधमा दुई करोडमा घर किनेको जानकारी दिंदै उनले सहकारीले बदनियतपूर्ण ढंगले आफ्नो बेइज्यती गरेको बताए । मासिक ३ लाख रुपैयाँका दरले पाँच बर्षमा पैसा चुक्ता गर्ने सर्तमा घर लिएको भएपनि नियमित आम्दानी घट्दा पैसा तिर्न नसकेको उनले स्वीकारे । तर, सहकारीले घर दिंदा पनि नियम मिचेर दिएको र पछि लिलामीको सूचना निकाल्दा पनि बदनाम गर्ने उद्देश्य राखेको उनले बताए । ७० लाख रुपैयाँ माया मारेर अहिले भैंसेपाटीको घर छाडेर हात्तिगौडामा बस्न लागेको ढकालले बताए । आफुले ७० लाख रुपैयाँ माया मारेर घर दिंदा पनि सहकारीले ब्याज मिलान गर्ने भन्दै ५६ लाखको कागज गराएको भन्दै जिल्ला अदालत पाटनमा अब उप्रान्त कुनै सूचना ननिकाल्ने भनी गरेको समझदारी सहकारीले भंग गरेको र अदालत तथा आफ्नो दुवैको मानहानी गरेको दावी गरे ।

एक घण्टा रोएँ

पत्रिका सूचना निस्किएका बेला आफु कार्यक्रमका लागि बेल्जियममा रहेको ढकाल बताउँछन् । ‘राष्ट्रिय गीतको म्युजिक भिडियोको सुटिङ गर्ने कार्यक्रम थियो, पत्रिकामा सूचना आएको थाहा पाएपछि सुटिङ रद्द गरेर एकान्तमा गएर धक फुकाएर रोएँ ।’ ढकाल भन्छन-’ढकाल भन्छन-’बिदेशको ठाउँमा कसैले मलाई चिन्ने कुरा पनि भएन । एक घण्टा रोएपछि मन हलुका भयो ।’

गीत संगीतबाटै जीवन चल्ने नदेखेपछि ढकालले रेष्टुँरा ब्यबसाय सुरु गर्ने योजना बनाएका छन । ‘सधैं यहि गतिमा गायनबाट आम्दानी नहुन सक्छ, बिदेशमा कार्यरत केही साथीभाईसंग मिलेर एउटा राम्रो रेष्टुँरा खोल्दैछु’ ढकालले भने-’अरु ब्यबसायका योजनाहरु पनि आएका छन, त्यसको निम्ति अध्ययन गरिरहेको छु ।’onlinekhabar

 २५ साउन, एजेन्सी । अमेरिकामा एक व्यक्तिले आफनै श्रीमतीलाई मारेर सामजिक सञ्जाल फेसबुकमा फोटो तस्विर सार्वजनिक गरेर सनसनी मच्चाएका छन् ।


दक्षिणी मायामीका ३१ वर्षिय डेरेक मेडिनाले बिहिबार फ्लोरिडालाई स्तब्ध पारेका थिए ।
उनले अचानक श्रीमतीलाई मारेको भन्दै फेसबुकमा रगाताम्य श्रीमतीको फोटो पोस्ट गरेका थिए। त्यसपछि उनको फेसबुक पेजमा तिब्र प्रतिक्रिया व्यक्त गरिएको थियो ।

त्यसपछि डेरेकले यस्तो लेखेका थिए-म अब जेल जान्छु कि मलाई मृत्युदण्ड हुन्छ। म सवैलाई माया गर्छु। मिस गर्छु। टेक केयर।
उनले यति लेखेपछी प्रहरीको अनुरोधमा फेसबुकले उनको फेसबुक प्रोफाइलनै हटाएको छ।

त्यसपछि डेरेक आफै हिडेर प्रहरी स्टेशनसम्म पुगेका थिए ।
यो घट्नाले फेसबुकमा भाइरल भएको थियो,धेरै मानिसले फेसबुकमा उनलाई मृत्युदण्ड हुनु पर्ने माग गरेका छन् ।nepaliheadlines




आज मिति २०७० साल साउन महिनाको २५ गते शुक्रबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले राजनीतिक दबाब र संबैधानिक जटिलताका कारण निर्वाचन क्षेत्र निर्धारण आयोगले यसअघिका २४० निर्वाचन क्षेत्रलाई यथावत राखेको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै नागरिक दैनिकले वेलायतमा गुन्जादै नौमति धून र्शीषकमा प्रमुख समाचार छापेको छ ।



बाँकी भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |


गाउँमा आँखाको निःशुल्क शिविर आएको माइकिङ्बाट सुनेको मोरङ सुन्दरपुर बासिन्दाको मोतिविन्दुले धमेलीएको आखाँमा दृष्टि फेरीने आशा पलायो।

तर शल्यक्रियापछि आखाँ उजेलिएनन् , उल्टै’इन्फेक्सन’ भएर काम नलाग्ने भयो। डाक्टरले काम लाग्दैन भनेर फेरि शल्यक्रिया गरे र आखाँको डल्लै झिकेर फालिदिए।अहिले उनीहरु त्यही आँखाले जीवन हरण गर्ने भयो भन्ने चिन्तामा रहेका छन् । आँखा झिकेर फालेपछि एकै चोटी धेरै समस्याले घेरिएका भानीले पण्डित, नाता, कुटुम्ब र आफन्त बोलाएर वैतरणी गराए।

अब कति दिन बाँचिने हो भन्ने पिरलोले मृत्युपछि ‘वैतरणी नदी सजिलै तर्ने विश्वास’ मा गरिने हिन्दु संस्कार अपनाए।

साउन २४ घरेलु कामका लागि कुवेत पुगेर मृत्यु भएका दुई नेपाली महिलाको शव अलपत्र परेको छ ।



कुवेतस्थित नेपाली दूतावासका अनुसार दुवाचौर ३, सिन्धुपाल्चोककी २९ वर्षीया फूलमाया तामाङ र ठेगाना पत्ता नलागेकी सुमित्रा उराउको शव अलपत्र परेको हो । तामाङको गत मे २८ र उराउको अप्रिलमा २८ मा मृत्यु भएको हो ।

दुवैको मृत्युको विषयमा दूतावासलाई थप जानकारी छैन ।

उराउको फिंगर प्रिन्टबाट राहदानी नम्बर पत्ता लागेको हो । उनी २२ जुलाई २०१२ मा कुवेतमा आएको रेकर्ड छ । फूलमायाको राहदानीमा निकटतम व्यक्ति सन्तमान तामाङ भनिएको छ । दुवै जना गैरकानुनी बाटो हुँदै कुवेतमा आएका रहेछन्, कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले कान्तिपुरलाई भने, लामो समयसम्म शवको दाबी गर्न कोही नआएपछि शव गृहले हामीलाई पत्र पठाएपछि जानकारी पाएका हौं ।
Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • सामुहिक सेक्स गर्न चाहनेहरूको लागी खुसीको खबर
  • गेस्ट हाउसले पनि गर्न थाल्यो रक्तचन्दनको तस्करी
  • सेक्स गर्दा ज्रिबोको भूमिका के रहन्छ त ?
  • विधवा जीवन बिताईरहेका महिलाहरुको लागि यौनेच्छा व्यवस्थापनका उपायहरु
  • तिघ्रामा रक्सी खन्याएर चाटेको दृश्य हटाउने..परिवारसँग बसेर हेर्नै नसकिने फिल्म एडल्ट आतंक
  • यसरी ढल्यो लिङ्गो (फोटो फिचर)
  • हेर्नुस् त यस्तो टेलेन्ट हुनुपर्छ, गिनिस वोर्ल्ड रेकोर्ड मा!!
  • असार २९ बाट तिन नेपाली चलचित्रले बजार कब्जा
  • जर्मनीमा अर्को एक नेपाली चलचित्र सुनगाभा
  • तीजमा फजुल खर्च र देखासिखीले भ्रष्टाचार मौलाउँछ, तडकभडक गरे कारवाही गर्छौं’ (भिडियोसहित)
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home