म अविवाहित हुँ, मैले फेरि गर्भपतन गर्न मिल्छ कि मिल्दैन ?
म २२ वर्षकी अविवाहित महिला हुँ। मेरो महिनावारी रोकिएको करिब २ महिना भयो । पिसाब परीक्षण गर्दा गर्भ रहेको थाहा भयो। मैले एक पटक गर्भपतन गराइसकेकी छु । मैले फेरि गर्भपतन गर्न मिल्छ कि मिल्दैन ? महिलाले कति पटक सम्म गर्भपतन गर्न मिल्छ ? - कखग
- अविवाहित महिलाले गर्भपतन गर्नुपर्ने समाजिक बाध्यता हुन सक्छ । कानुन र स्वास्थ्य दुवैले एउटा महिलाले यति पटक मात्र गर्भपतन गर्न पाउने भनेर तोकेको छैन र यसका लागि विवाहित नै हुनुपर्ने नियम पनि छैन । आफूलाई आवश्यक परेको अवस्थामा जति पटक पनि १२ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ, तर गर्भपतन भनेको परिवार नियोजनको साधन होइन ।
पटक-पटक गर्भपतन गर्नुभन्दा पनि गर्भ नचाहिएको अवस्थामा परिवार नियोजनका साधन प्रयोग गर्नु स्वास्थ्यको दृष्टिकोणले मात्र होइन, आर्थिक हिसाबले सस्तो पनि हुन्छ । - साप्ताहिक