आमाले जंगलमा फालेको बच्चालाई बाबुले पनि हेरेनन्
पर्वत, असार १९ – प्रेमीलाई खुसी पार्न आमाले जंगलमा फालेको ११ महिने बच्चालाई बाबुले पनि वास्ता नगरेपछि अलपत्र परेका छन् ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बच्चालाई बाबु र आफन्तले वास्ता नगरेपछि अहिले प्रहरीले संरक्षण दिएको छ ।
नवलपरासी गैडाकोट – ३ की मिना पौडेलले प्रेमी भेट्न जान ११ महिने छोरा भीष्म पौडेललाई जेठ ७ गते जंगलमा छाडेकी थिइन् । प्रहरीले २१ घण्टापछि उद्दार गरेर अस्पताल पुर्याएपनि बाबु कृष्णबहादुर र आफन्तले बेवास्ता गर्दा अस्पतालले उपचारको विल पनि प्रहरीलाई नै लिएको छ । मणिपाल शिक्षण अस्पतालले बच्चालाई मंगलबार जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको र ३८ हजार ५ सय रुपैयाँको उपचारको बिल पनि प्रहरीलाई छाडेर गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पटक पटक बाबु र मावलीलाई खबर गर्दा पनि बेवास्ता गरेकाले प्रहरीले संरक्षक खोजेर अन्य ब्यक्तिलाई नै जिम्मा लगाउने तयारी गरेको पर्वतका प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
‘आमाले जंगलमा छाडेर हिडिन्, बाबुले अस्पतालमा उपचार गर्दा छाडेर हिडे’ डिएसपी अधिकारीले भन्नुभयो ‘एघार महिने बच्चालाई घर न घाटको बनाउनुभन्दा अन्य संरक्षक खोज्नुपर्ने भएको छ ।’
प्रहरीले बच्चाको बाबु र आफन्तलाई केही दिनसम्म प्रतिक्षा गर्ने र नआएको अबस्थामा जिल्ला बालकल्याण समिति मार्फत बैधानिक रुपमा अन्य संरक्षक खोजेर संरक्षक तोक्ने तयारी गरिरहेको छ । भीष्मलाई जेठ ७ गते मुडिकुवाको जंगलमा आमा मिनाले फालेर प्रेमीलाई भेट्न गएकी थिइन् । जंगलमा छाडिएको बच्चा निमोनिया सिकिस्त भएको अबस्थामा प्रहरीले उद्धार गरी मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरेको थियो ।
बच्चाका बाबु कृष्णबहादुर पौडेल दक्षिण बागलुङ्गमा ट्याक्टर चलाउँछन् भने आमा मिना बच्चालाई मार्ने उद्देश्यले जंगलमा फालेको अभियोगमा पर्वत जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेकी छन् । source:उज्यालो