रोल्पामा आफनै छोरीलाई बोक्सी भन्दै आफ्नै बाबुआमाले यसरी कुटे !! (भिडियोसहित)
रोल्पा, । रोल्पामा एक दलित युवतीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ। १६ वर्षीया युवतीमाथि आफ्नै मातापिता र मामाले बोक्सीको आरोप लगाउँदै कुटपटि गरेका हुन्। तीन वर्ष यता शारीरिक रुपमा अस्वस्थ रहेकी सङ्गीता सुनारमाथि उनकै आमाबुबा र मामाले कुटपिट गरेको प्रहरीले जनाएको छ । बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट भएपछि हाल उनी प्रहरीको शरणमा छिन् । उनी माथि केही समय अगाडि भोने झाँक्री भनिने स्थानीयवासी वीरबहादुर घर्तीसँग बोक्सी विद्या सिक्दै गरेको आरोप लगाइएको थियो । पिडित युवतीले आमाबुबालगायत अन्य छिमेकीले मानसिक तनाव दिने गरेको बताएकी छिन्। बोक्सीको आरोप लाग्न थालेपछि उनले स्कुलसमेत छाडेको बताएकी छिन्


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं