चेलीबेटी बेचेको आरोपीलाई छुटाउन एमाओवादीको चक्काजाम
१७ असार, विदुर । चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै एकीकृत नेकपा माओवादीले चक्काजाम गरेको छ । माओवादी कार्यकर्ताले सदरमुकाम विदुरमा बिहान ११ बजेदेखि १ घण्टा चक्काजाम गरेका हुन् ।

चक्काजामको समाचार संकलन गर्न गएका पत्रकारद्वय जगदीश खनाल र रामहरि न्यौपानेलाई माओवादी कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । सुन्दरदेवी गाविसका एमाओवादी सचिव बीबीलाल लामालाई प्रहरीले अघिल्लो साता पक्राउ गरेको थियो ।
प्रहरीको मिलेमतोमा फसाईको भन्दै एमाओवादीले बिरोध गर्दै आएका छ्न् । सुन्रदादेवी गाविस वडा नम्बर ८ काउलेका बीबीलाल लामालाई प्रहरीले अघिल्लो साता पक्राउ गरेको थियो । लामा र सोम्पर तामाङले गएको भदौ ५ गते आफ्नो छोरीलार्इ भारतमा लगेर बेचेको भन्दै केटीका बुबाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले लामालाई शुक्रबार पक्राउ गरेको थियो । तामाङ भने फरार छन् ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं