आगोलागी नियन्त्रण गर्न पुगेका १९ उद्धारकर्मीको मृत्यु ! यो दु:खद घटना हेर्नुहोस् (भिडियोसहित) |

१७ असार, एजेन्सी । अमेरिकाको एरिजोनामा आगोलागी हुँदा १९ जना उद्धारकर्मीहरुले ज्यान गुमाएका छन् । गत शुक्रबार चट्याङ् परेपछी सुरू भएको आगो निभाउन तथा उद्धारका लागि पुगेका ती उद्धारकर्मीहरूको आगोको तापका कारण मृत्यु भएको बताइएको छ ।



एरिजोनाका उद्धारकर्मी प्रमुख डान फ्राईजोले दिएको जानकारी अनुसार ती सबै १९ जनाको मृत्यु आगोको उच्च ताप तथा शरिरमा पानीको मात्रा कमी हुँदा भएको हो । उक्त आगलागी करिव २ हजार एकर जमिनमा फैलिएको बताइएको छ । यसले थुप्रै घरहरू जलाएको र धेरैलाई विस्थापित गरेको समाचारहरूमा उल्लेख गरिएको छ ।

हेर्नुस भिडियोमा.