विशेषज्ञ डाक्टर नै २९ जना फेल

एउटा विशेषज्ञले अभ्यास गर्न जान्नैपर्ने खालका प्रश्न परीषामा सोधिने गर्छ । काउन्सिलले गत पुसमा पहिलोपटक विशेषज्ञ चिकित्सकका लागि लिएको लाइसेन्स परीषामा २ सय ८७ सहभागी भएकामा १३ जना फेल भएका सोमबार प्रकाशित नागरिक दैनिकमा खबर छ । विशेषज्ञ चिकित्सकका लागि शनिबारको परीक्षा दोस्रो हो । मिर्गौला रोग, मुटुजस्ता विषयका विशेषज्ञका लागि भने पहिलोपटक मात्रै परीक्षा भएको थियो । अघिल्लो परीषामा २५ विषयका विशेषज्ञ सामेल भएकोमा यसवर्ष ३८ विषयका विशेषज्ञ परीक्षामा सहभागी थिए ।