टोकियो विश्वविद्यालय अस्पतालमा राष्ट्रपति यादवको उपचार सुरु
काठमाडौं ४ असार । राष्ट्रपति डा: रामवरण यादवको उपचार जापानको टोकियो विश्वविद्यालय अस्पतालमा सुरु भएको छ ।
जापन पुगे लगत्तै आज बिहान उहाँलाई अस्पतालमा भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आन्द्रामा घाउ देखिएपछि थप उपचारको लागि हिजो जापान लगिएको थियो । चिकित्सकले क्यान्सरको आशंका गरेपछि थप उपचारका लागि हिजो दिउँसो जापान लागिएको हो ।
राष्ट्रपति यादवसँगै छोरा डा चन्द्रमोहन यादव, छोरी, निजी चिकित्सक, सल्लाहकार सहित दश जनाको टोली पनि जापान पुगेको छ ।
राष्ट्रपति यादवको सम्पूर्ण खर्च भने सरकारले व्यहोर्नेछ । राष्ट्रपति यादवको ठूलो आन्द्रामा घाउ देखिएपछि डाक्टरहरुले नै थप उपचारको लागि विदेश लान सुझाव दिएका थिए ।