अष्ट्रेलियालाई पराजित गरेपछी श्रीलंकाले भारतलाई चुनौती दिने
४ असार, काठमाडौ । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत गयराति सम्पन्न समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियालाई पराजित गरी श्रीलंका सेमिफाइलन प्रवेश गरेको छ भने फाइनल प्रवेशका लागि भारतलाई चुनौती दिने भएको छ ।
गयराती सम्पन्न खेलमा अष्ट्रेलियालाई २० रनले पराजित गर्दै श्रीलंका सेमिफाइनल प्रवश गरेको थियो । सेमिफाइनल प्रवेशका लागि गर या मरको स्थितिमा रहेको श्रीलंकाले अष्ट्रेलियालाइ पाखा लगाउँदै न्युजिल्याण्डको सम्भावनालाई समेत चकनाचुर पारेको हो । श्रीलंकाका लागि भरपर्दा ब्याट्स्म्यान माहिला जयबर्दधनेले उत्कृष्ट प्रदर्शन गरेपछि श्रीलंकाको जित सम्भव भएको हो ।
२ सय ५४ रनको विजय लक्ष्यका साथ मैदान उत्रिएको अष्ट्रेलियाले आफ्ना सबै विकेट गुमाउनु अघि ४२ ओभर ३ बलमा मात्र २ सय ३३ रन जोड्न सफल भएको थियो । जित मात्र नभई रनरेट पनि राम्रो गर्नुपर्ने दवाव भएका कारण निकै आक्रामक ब्याटिङ थालेको अष्ट्रेलियाले सुरूवातमा राम्रो स्कोर जोडेपनि विकेट जोगाउन नसक्दा सेमिफाइनल प्रवेशको सम्भावना कमजोर भएको थियो । उसका लागि भोग्सले ४९ रन जोडेका थिए भने म्याक्सवेलले ३२ रन, माइकल वाडेले ३१ रन, म्याकेले ३० रन जोडेका थिए ।
यसअघि ब्याटिङ गरेको श्रीलंकाले जयबर्द्धनेको अविजित ८४ रनको मद्धतले २ सय ५४ रनको योगफल तयार गरेको थीयो । उसका लागि थिरिमन्नेले ५७ रन जोडेका थिए ।