नेपालमा ६००० तिब्बती भारतीय सेना रहेको खुलासा

विकिलिक्सले सार्वजनिक गरेको उक्त केबल नयाँदिल्लीस्थित अमेरिकी दूतावासले धर्मशालामा तिब्बती नेताहरुसँग गरेको छलफलका आधारमा अमेरिकाको वासिङटन डीसी पठाएको थियो । समाचार अनुसार तत्कालीन अमेरिकी राजदूत टिमोथी जोन रोएमरले तिब्बती निर्वासित संसद सदस्य तथा भ्वाइस अफ द तिब्बत रेडियोका सम्पादक कर्मा यसीलाई उद्धृत गर्दै लेखिए अनुसार अहिले भारतीय सेना अन्तर्गत करिब ६००० तिब्बतीहरू तिब्बत-नेपाल सीमामा कार्यरत रहेको कुरा समाचारमा उल्लेख गरिएको छ ।