उत्तर कोरियाले सिमामा तेर्स्यायो सिओल ध्वस्त पार्ने मिसाइल लञ्चर |
१७ असार, एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियासँगको सिमाक्षेत्रमा मिसाइल आक्रमण गर्ने रकेट लञ्चरहरू पुन: तेर्स्याएको छ । उक्त रकेट लञ्चरहरू कोरियाको राजधानी सिओलतर्फ तेर्स्याइएको समेत बताइएको छ ।

योनहाप समाचार एजेन्सीले दिएको जानकारी अनुसार उत्तर कोरियाले पुराना रकेट लञ्चरहरूलाई नयाँ तथा अत्याधुनिक रकेट लञ्चरहरूले विस्थापित गरेको हो । उक्त एजेन्सीले एक सरकारी अधिकारीलाई उदृत गर्दै ७० किलोमिटरसम्म मार हान्न सक्ने खालका रकेट लञ्चरहरू सिमा क्षेत्रमा पुर्याइएको बताइएको छ ।
उत्तर कोरियासँग करिब ५ हजार रकेट लञ्चर रहेको सैन्य विवरणमा जनाइएको छ । साथै पुराना सबै लञ्चरहरूलाई नयाँले परिवर्तन गर्ने या ती लञ्चरहरुको क्षमतामा बृद्धी गर्ने तयारीमा उत्तर कोरिया रहेको छ ।
दक्षिन कोरियालीबासी विषेशगरी सिओलमा रहेका मानिसहरू सँधै आक्रमणको त्रासमा बाच्ने गरेको बताइन्छ । कहिले कुन बेला उत्तर कोरियाले आक्रमण गर्न सक्ने भन्ने त्रासमा उनीहरू सँधै रहने त्यहाँको रिपोर्टले जनाउँछ ।सन् २०१० मा उत्तर कोरियाले केही रकेटहरू आक्रमण गरेको थियो । एल्लो सी नजिकै गरिएको उक्त आक्रमणमा ४ जनाको ज्यान गएको थियो