वर्स्ट सेलिब्रिटी रोल मोडेल

क्रिस ब्राउन र माइली साइरसका फ्यानहरूलाई यो खबर सायद दुःख पुर्‍याउन सक्छ । यी गायकगायिका ‘वस्र्ट सेलिब्रिटी रोल मोडेल’ छानिएका छन् । यिनीहरूले बालबालिकामा सारै नराम्रो प्रभाव पार्ने गरेका छन् रे ।



एउटा सर्वेक्षणले यस्तै देखाएको छ । ‘सन’ पत्रिकाका अनुसार, कुपनकोड्सफरयु डटकमले गरेको सर्भेमा करिब साढे दुई हजार अभिभावकहरूलाई कुन सेलिब्रेटी तिनका सन्तानका प्रेरक छैनन् भन्ने सोधिएको थियो । ती अभिभावकहरूले झूटो बोलेनन् । फिमेल सेलिबि्रटीमा ‘हाना मोन्टाना’ अभिनेत्री माइलीले सबैभन्दा धेरै भोट पाइन् । ६८ प्रतिशत भोटसहित उनी एक नम्बरमा परेकी छन् । यी १९ वर्षे गायिकाबाट उनको पछिल्लो म्युजिक भिडियो ‘वी कान्ट स्टप’ का कारण पनि धेरै अभिभावक बिच्किएका हुन सक्छन् । यो म्युजिक भिडियोलाई यति धेरै दर्शक श्रोताले वाहियात भनेका छन् कि के भन्नु १ पहिलेदेखि अनेक टीकाटिप्पणी खेप्दै आएकी माइलीलाई यो भिडियोको डान्सिङ स्टेप र उनको लुक्सले झन् बढी खिसिटिउरीको भागिदार बनाएको छ ।

‘वस्र्ट सेलिबि्रटी रोल मोडेल’ को फिमेल क्याटेगोरीको दोस्रो नम्बरमा परेकी छन्- लिन्डसे लोहान, जसले दुव्र्यसन लगायतका कारणले कानुनी झमेला बेहोर्दै आएकी छन् । भर्खरै आमा बनेकी किम कार्दसिन तेस्रो, अमान्दा चौथो र फराह अब्राहम पाँचौंं स्थानमा परेका छन् ।

मेल क्याटेगोरीमा ‘उत्कृष्ट’ मा परेका क्रिसले ७१ प्रतिशत भोट पाएका छन् । गायिका रिहान्नालाई चुटेका कारण जेलको हावा खाएका र ब्रेकअप भोगिरहेका गायक हालै मात्र अर्को लफडामा फसेका छन् । एउटा पार्टीमा कुनै कन्यालाई दुव्र्यवहार गरेको भन्दै उनको आलोचना भइरहेको छ । उनलाई चाहिँ टि्वटरमा सफाइ दिँदै फुर्सद छैन ।

मेल क्याटेगोरीको दोस्रो नम्बरमा र्‍यापर केनी वेस्ट, तेस्रो गायक जस्टिन बिबर, चौथो लिल वाउने, पाँचौंमा चार्ली सिन र छैटौं स्थानमा साइकिलिस्ट लान्स आर्मस्ट्रङ परेका छन् । इकान्तिपुरबाट साभार गरिएको।

जस्टिनका यो अर्को धक्का हो । उनी र उनका केही साथीलाई आइतबार मात्रै लास भेगासको स्काइडाइभिङ सेन्टरले स्काइडाइभमा आजीवन प्रतिबन्ध लगाएको छ । उनीहरू फोकटमा यो खेलको मजा लिन चाहिरहेका थिए । उनीहरूको व्यवहार अमर्यादित रहेको खबरहरूमा उल्लेख छ । राम्रो व्यवहार नै गर्न नजान्ने कसरी रोल मोडेल हुन सक्छन्, होइन ? जानकारीको लागि तलको बक्समा क्लिक गर्नुहोस।