रेडपाण्डाको प्रजननका लागि ३ महिना आवतजावतमा प्रतिबन्ध
१४ असार, इलाम । इलाम र भारतको सीमा क्षेत्रमा रहेको सिंहलीला नेसनल पार्कले रेडपाण्डा (हाब्रे) को प्रजनन समय भएको भन्दै सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवतजावतका लागि प्रतिबन्ध लगाएको छ ।

पर्यटकको हो-हल्लाले रेडपाण्डाको प्रजजन र यौन प्रक्रियामा असर पुग्ने भन्दै पार्कले जुन १५ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि आवतजावतमा प्रतिबन्ध लगाएको हो ।
इलामको तुम्लिङदेखि पाँचथरको फालोटसम्मको नेसनल पार्क क्षेत्रभित्रको पदमार्गमा पर्यटक हिँड्डुलमा प्रतिबन्ध लगाएको सन्दकपुरस्थित शेर्पा च्यालेट होटलका पासाङतेम्वा शेर्पाले बताउनुभयो ।
कञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभन्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङमा भारतलगायत तेस्रो मुलुकका सयौँ पर्यटक आवतजावत गर्दै आएका थिए ।
नेसनल पार्कले तीन महिनासम्मका लागि पदमार्गमा प्रतिबन्ध लगाएपछि ट्रेकिङमा हिँडेका पर्यटक समस्यामा परेका छन् ।
पार्कले सूचना टाँस गरी तुम्लिङ्ग-फालोट क्षेत्रको ४२ किलोमिटरमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत नगर्न अनुरोध गरेको छ ।
नेसनल पार्कले प्रत्येक वर्षको तीन महिनासम्म पर्यटक आवगमनमा रोक लगाउँदा समस्या पर्दै आएको होटल व्यवसायीको गुनासो छ । पर्यटकीयस्थल मानेभन्ज्याङ्ग, चित्रे, मेघमा, तुम्लिङ्ग, जौवारी, गैरिवास, कैयौँकट्टा, कालपोखरी, बिर्खेभन्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौंदेखि भारत भएर पर्यटक आउने गरेका छन् । रासस

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं