नन्दिता र गरिमालाई बचाउने ‘पराई’

भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पराई’ले नायिका नन्दिता केसी र गरिमा पन्तको करिअरमा ठूलै अर्थ राख्नेछ । किनकी अहिले गरिमा र नन्दिताका लागि एउटा सफल सिनेमा आवश्यक परेको विश्लेषण सिने नगरीमा गरिन्छ ।



गोविन्द शाहीको निर्माणमा शिव रेग्मीले निर्देशन गरेको यो चलचित्रमा निरज बराललाई पनि देख्न सकिन्छ । चलचित्रमा निर्माता शाहीले पनि अभिनय गरेका छन् । विशुद्ध नेपाली परिवेशमा बनेकाले पनि ‘पराई’लाई दर्शकले परिवारसँग बसेर हेर्न सक्ने निर्माता शाही बताउँछन् । चलचित्र ‘साथी म तिम्रो’ असफल भएपछि निर्देशक शिव रेग्मीको आशा पनि यही चलचित्र माथी रहेको छ ।