प्रहरीमा ६ हजार १ सय जवान र १ सय ३८ जना इन्स्पेक्टरको भर्ना खुल्यो

असार ५ । नेपाल प्रहरीमा एक सय ३८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र छ हजार एक सय प्रहरी जवानको भर्ना खुलेको छ ।



प्रहरी प्रधान कार्यालयले आज दरखास्त आह्वान गर्दै खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी उक्त भर्ना खुलाएको हो ।

दरखास्त आगामी साउन ४ गतेसम्म लिने गरी विज्ञापन गरिएको छ । भर्ना समावेशी आधारमा खुलाइएको भर्ना गरिने भएको छ ।

समावेशीतर्फ आदिवासी जनाजाति २० जना, मधेशी १७ जना, महिला १३ जना, दलित ९ जना र पिछडिएको क्षेत्रबाट ३ जना भर्ना गरिने भएको छ ।

त्यस्तै प्रहरी जवान खुलाबाट ३३ सय ५५ जना र समावेशी आधारमा २७ सय ४५ जना भर्ना गरिने भएको छ ।

जस अन्तर्गत आदिवासी जनजाति ८ सय ७८, मधेशी ७ सय ६९, महिला ५ सय ४९, दलित ४ सय १२ र पछडिएको क्षेत्रबाट एक सय ३५ जना भर्ना गरिने भएको छ ।

भर्ना सम्बन्धि नेपाल प्रहरीको आधिकारिक यो बेवसाइटबाट पनि जानकारी लिन सक्नुहुनेछ ।
hellokhabar