दीपिका आएपछि रणवीरले लत्याए कटि्रनाको डेटिङ अफर

यतिबेला नायक रणवीर कपुर र नायिका कटि्रना कैफबिच राम्रै खिचडी पाकेको बताइएको छ । यि दुई बिचको सम्बन्धले फेरी एकपटक मिडियामा चर्चा पाउन थालेको छ । तर हालै मात्र एक पार्टीमा नायिका कटि्रना कैफ र नायक रणवीर कपुर बिच लफडा भएको खबर बाहिरिएको छ ।



नायक अर्जुन कपुरको जन्मदिनको पार्टीमा पुगेका कटि्रना र रणवीर रमाइरहेका थिए । तर कटि्रनाले नायिका दीपिका पादुकोण पार्टीमा प्रवेश गरेपछि केही असहज महशुश गरिन् र रणवीरलाई बाहिर घुम्न जान आग्रह गरिन् । तर रणवीरले कटि्रनाको आग्रहलाई सोझै लत्याउँदै एक्लै जान भनेका थिए । रणवीरसँग केही समय वादविवाद परेपछि कटि्रना एक्लै बाहिर निस्किएको बताइएको छ ।

कटि्रना र दीपिका रणवीरका पूर्व प्रेमिका हुन् । यसैले पनि दीपिका र कटि्रना बिच खासै राम्रो सम्बन्ध छैन । दीपिकासँग टाढिएपछि रणवीर फेरी कटि्रनासँग निकट रहेको बताइन्छ । तर पार्टीमा आफ्नो आग्रहलाई लत्याएपछि कटि्रना रणवीरसँग चिढिएकी हुन् ।