एमाओवादीका नेताहरू जनतालाई खुसी पार्नुभन्दा भारतलाई खुसी पार्न तल्लीनःवैद्य
काठमाडौं,बैशाख १९ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादीका नेताहरू जनतालाई खुसी पार्नुभन्दा भारतलाई खुसी पार्न तल्लीन भएको आरोप लगाउनुभएको छ । नेपाली जनतालाई खुसी पारेर मात्रै चुनाव जितिन्छ भन्ने विश्वास एकीकृत माओवादीलाई नलागेको अध्यक्ष वैद्यको ठम्याई छ । राजधानिको मिडियासँग कुरा गर्दै अध्यक्ष वैद्यले जनयुद्ध सुरु गर्ने वेलामा उठाइएका कुनै पनि मुद्दामा प्रचण्डले अब भारतसँग कुरा गर्न नसक्ने भन्दै जनयुद्ध र जनतालाई धोका दिएको आरोप लगाउनुभयो । उहाँले अहिलेकै अवस्थामा निर्वाचन आयोगमा आफूहरूले दल दर्ता नगर्ने समेत प्रस्ट पार्नुभयो ।