मदन भण्डारीको हत्यामा बाबुरामको संलग्नता ?



७ जेठ,काठमाडौ। नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको हत्यामा एकीकृत माओवादीका उपाध्यक्ष डा वाबुराम भट्टराइको संलग्नता रहेको एकजना कम्युनिष्ट नेताले आरोप लगाएका छन । मदन भण्डारीको हत्या वाबुरामले गरेका भनेर संघीन आरोप लगाउने व्यक्ती माओवादीका पूर्व नेता भरत दाहाल हुन ।



नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले मंगलवार राजधानीवाट प्रकाशित एक साप्ताहिक पत्रिकामा लेख प्रकाशित तरि हत्यामा माओवादी पार्टीको संलग्नताको आरोप लगाएका हुन । ‘दासढुङ्गाः वर्तमान अवस्थाको अभिन्न कडी’ शीर्षकको लेखमा दाहालले मदन भण्डारीको हत्या गर्ने व्यक्ती अमर लामाको हत्या गरिएका कारण हत्यामा माओवादीलाइ मुछेका हुन ।

दाहलले लेखेका छन–‘बाबुराम भट्टराइ संयुक्त जनमोर्चाको अध्यक्ष भएको बेला बागबजारको एएटा भित्तोमा नारा लेख्ने कुरालाइ लिएर एमाले र संयुक्त जनमोर्चाका कार्यकताबीचमा ह्रिस्रक भिडन्त भएको थियो । भीत्ते काण्डका रुपमा चर्चित सो भीडन्तको नेतृत्व संजमोका तर्फवाट स्वंम बावुराम भट्टराइले गरेका थिए। भण्डारीको हत्यामा बाबुराम र उनको पार्टीको सहभागिता छःभरत दाहाल

मदन भण्डारीलाइ नवप्रतिक्रिर्यावादी भन्ने उनै बावुरामको पत्रिका दनादेश साप्ताहिकले दासढुङ्गा हत्याकाण्डमा एमाले नेताहरुको हात रहेको भन्दै श्रङखलाबद्ध लेखहरु प्रकाशित गरेको थियो । अन्त्यमा उनै बावुरामको पार्टीले अमर लामाको हत्या गरेर दासढुङ्गाको अन्तिम प्रमाणपनि नष्ट गरेर्यो ।’ माओवादी अध्यक्ष प्रचण्ड र भट्टराइ बिरुद्ध चर्का लेख लेख्दै आएका भरत दाहाल कुनैबेला माओवादी अध्यक्ष प्रचण्डका निकटवर्ती थिए ।










भण्डारीको हत्यामा बाबुराम र उनको पार्टीको सहभागिता छःभरत दाहाल