चुनावमा हस्ती नेता हराउनेहरु अहिले यता न उता
कोही टुक्रेको पार्टीमा, कसैलाई फेरि हराउने इच्छा

७ जेठ, काठमाडौं । एमालेका चर्चित नेता केपी शर्मा ओलीलाई झापाका सामान्य व्यक्तिले चुनवमा हराउँछ भनेर कसैले पत्याएकै थिएनन् । न त नामै नसुनेका अरु सामान्य नेताहरुले माधवकुमार नेपाल, सुशील कोइराला, वामदेव गौतम, कृष्णप्रसाद सिटौला, सूर्यबहादुर थापालगायत हस्ती नेताहरुलाई हराउलान् भन्ने कसैलाई लागेको थियो । तर सबैले जिब्रो टोक्ने गरी संविधानसभाको पहिलो निर्वाचनमा कांग्रेस, एमालेलगायत दलका हस्ती नेताहरुलाई सामान्य नेताहरुले हराइदिए । ठूला नेताहरुलाई हराएर चर्चित भएका नेताहरुमध्ये कतिपय अहिले माउ पार्टीबाट तितर-वितर भैसकेका छन् । कोही पुरानै पार्टीमा बसेर फेरि जित्ने दाउ हेर्दैछन् ।
झापा ७ बाट एमाले नेता ओलीलाई पराजित गरेका विश्वदिप लिङदेन लिम्बू एकीकृत नेकपा माओवादीबाट माओवादी हुँदै अहिले अशोक राईको नयाँ पार्टीमा पुग्नुभएको छ । आर्थिक अनियमितताको आरोपमा एमाओवादीले उहाँलाई कार्वाही गर्यो । त्यसपछि रिसाएका लिम्बु मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा लाग्नुभयो । त्यहाँपनि टिक्न सक्नुभएन । अहिले उहाँ एमालेबाट छुट्टएिर हिँडेका अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टीमा पुग्नुभएको छ ।
एमालेका अर्का चर्चित नेता बामदेव गौतमलाई बर्दिया १ बाट हराउने सरला रेग्मी पनि अहिले मूल पार्टीमा हुनुहुन्न । एकीकृत माओवादीबाट चुनाव जितेकी रेग्मी अहिले वैद्य माओवादी नेतृत्वको पार्टीमा हुनुहुन्छ । चुनावी प्रकृयाको बिरोधमा रहेको पार्टीमा भएकाले उहाँलाई चुनाव लागेको छैन ।
बर्दियाकै छिमेकी जिल्ला बाँके ३ बाट कांग्रेस सभापति सुशील कोइरालालाई हराउने सर्वदेवप्रसाद ओझाको हालत पनि यस्तै छ । मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका उहाँ अहिले आफू कुन पार्टीमा छु भन्ने नै पत्तो छैन । चुनावको बेला एउटै रहेको पार्टी अहिले तीन टुक्रा भैसक्यो । पार्टी नै टुक्राटुक्रा भएकाले उहाँलाई अहिले चुनाव पनि लागेको छैन । ‘मलाई त चुनाव हुन्छ भन्ने नै लागेको छैन, जनतालाई ढाँट्न हुँदैन भनेर म त गाउँ पनि गएको छैन’ ओझाले अनलाइनखबरसित भन्नुभयो-’चुनाव घोषणा भैहालेमा पनि मलाई चुनाव हुन्छ भन्ने विश्वास छैन ।’ अहिले उम्मेद्वारी दिने विषयमा आफूले केही सोच्न नभ्याएको उहाँले बताउनुभयो ।
फेरि उही ठाउँबाट उठ्ने इच्छा
पहिलेको चुनावमा हस्ती नेताहरुलाई हराउन सफल एकीकृत माओवादीका नेताहरुलाई फेरि पनि त्यही क्षेत्रबाट उठ्न पाए हुन्थ्यो भन्ने चाहना छ । अहिले मूल पार्टीमै रहेका उनीहरुले यो कुरा खुलेर त भन्दैनन् । तर पार्टीले पहिलेकै ठाउँबाट टिकट दिने विश्वासमा उनीहरु बेलाबेला गाउँ पुगेर कार्यकर्तासँग भेटघाट गर्ने गरेका छन् । ‘गाउँगाउँमा चुनावी अभियान पुर्याउने र संगठन सुदृढीकरण गर्ने काममा व्यस्त छु’ पहिलो संविधानसभा चुनावमा धनकुटा २ बाट राप्रपा अध्यक्ष सूर्यबहादुर थापालाई पराजित गर्ने एमाओवादीका नेता हरिराज लिम्बुले अनलाइनखबरसित भन्नुभयो-’चुनावी माहौल हाम्रै पक्षमा छ, अब कहाँबाट उठ्ने भन्ने कुरा त पार्टीले निर्धारण गर्छ ।’
एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई काठमाडौं २ बाट हराउने एमाओवादीका अर्का नेता झक्कुप्रसाद सुवेदीको भनाइ पनि यस्तै छ । ‘फेरि उम्मेद्वार बन्ने/नबन्ने र बनेमा पनि कहाँबाट उठ्ने भन्ने कुरा पार्टीले भन्छ, पहिले पनि पार्टीले भनेर नै म काठमाडौं २ बाट उठेको हो’ सुवेदीले अनलाइनखबरसित भन्नुभयो । अब फेरि चुनाव भयो र पहिलेकै क्षेत्रबाट उम्मेद्वार बनेमा आफ्नो जीत सुनिश्चित रहेको उहाँले दाबी गर्नुभयो । सिन्धुपाल्चोक-१ बाट राप्रपाका पशुपति शमशेर राणलाई हराउने एमाओवादीका राजकुमार श्रेष्ठ भने यसपाली पनि ढुक्क हुनुहुन्छ । ‘पार्टीले कहाँबाट उठाउँछ त्यो त मैले भन्ने कुरा भएन, तर सिन्धुपाल्चोक १ मा फेरि पनि हाम्रै जित निश्चित छ, पशुपति शमशेर राणा त्यहाँबाट छोडेर जाने सुन्दैछु ।’
पहिलेको संविधानसभा चुनावमा मकवानपुर ३ बाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई हराउने एमाओवादीका युवानेता प्रल्हाद लामिछाने पनि यस्तै ढुक्क हुनुहुन्छ । ‘पहिले पनि कमल थापालाई हाम्रो पार्टीले हराएकै हो, यसपटक त उनी एक नम्बरतिरबाट उठ्ने कुरा छ’ लामिछानेले अनलाइनखबरसित भन्नुभयो-’अरु पार्टीबाट जो उठेपनि फेरि पनि हाम्रै जित हुन्छ ।’ संविधान नबनेकोमा भन्दा पनि विकास नभएकोमा गाउँले आक्रोशित भएका उहाँले बताउनुभयो । ‘चार वर्षसम्म खै त गाउँमा विकास गरेको भनेर जनताले प्रश्न गर्छन्’ अहिले गाउँमै रहेका लामिछानेले भन्नुभयो-’केही भएन भनेर जनता रिसाएका त छन्, तर हाम्रो पार्टीप्रतिको समर्थन चाहिँ कायमै छ ।’ मकवानपुर ३ मा आफ्नो पार्टीबाउ उम्मेद्वार बन्ने अरु कोही नभएकाले फेरि पनि आफ्नै पालो आउनेमा उहाँ ढुक्क हुनुहुन्छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं