सुनको भाउ ५ सय रुपैयाँ घट्यो, चाँदीको भाउ स्थिर

२५ बैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सूनको भाउ घटेपछि नेपाली बजारमा पनि सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । बुधबार बजारमा छापावाला सुन तोलाको ५१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन तोलाको ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।



बुधबार तेजाबी सुन तोलाको ५१ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन तोलाको ५२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा भने कुनै बुधबार परिवर्तन भएको छैन् । बजारमा चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।