माओवादीका डरले जागिर छाडेका सेना र प्रहरीले पार्टी खोल्ने
सशस्त्र द्वन्द्वको समयमा माओवादीका डरले जागिर छाडेका सेना र प्रहरीले नेपाल 'राष्ट्र सेवा दल' घोषणा गरी आगामि संविधानसभाको निर्वाचनमा भाग लिने भएका छन् ।
रिपोर्टर्स क्लव नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै 'राष्ट्र सेवा दलका' संयोजक सूर्यबहादुर घिमिरेले प्रत्यक्ष र समानुपातिक गरि देशैभरबाट उम्मेदवारी दिने बताएका छन् ।
निर्वाचन आयोगमा छिट्टै 'राष्ट्र सेवा दल' दर्ता गरिने संयोजक सूर्यबहादुर घिमिरेले जानकारी गराए । ६४ वटा जिल्लामा 'राष्ट्र सेवा दलको' संरचाना विस्तार भइसकेको संयोजक घिमिरेले बताए ।
रिपोर्टर्स क्लब नेपालमा गरिएको पत्रकार सम्मेलनमा माओवादी युद्धका समयमा सरकारी जागिर छाडेका सेना र प्रहरीको संख्या ४६ हजार ४ सय ९० रहेको तथ्यांक पेश गरिएको छ ।
बिगत पाँच बर्षदेखि आफुहरुको माग सम्बोधन नभएकाले दल दर्ता गरी चुनावमा भाग लिन बाध्य भएको संयोजक घिमिरेले बताए ।