अब सञ्जय दत्तले जेलमा खाना पकाउने

जेल सजाय रद्ध गर्न सञ्जय दत्तले दिएको निवेदनलाई अदालतले अस्विकार गरिदिएपछी नायक सञ्जय दत्त अब भोलीदेखि जेल जाने भएका छन् । अदालतले आत्मसमर्पणका लागी दिएको १ महिनाको समयसिमा भोली सकिँदैछ । अदालतले आत्मसमर्पणको समयावधी समेत थप्न नमानेपछी सञ्जय दत्तलाई भोलीसम्म आत्मसमर्पण गर्नु पर्ने भएको हो ।




उनलाई अदालतले सन् १९९३ मा भएको मुम्बई आक्रमणमा प्रयोग भएका अवैध हतियार राखेको आरोपमा ५ वर्षको जेल सजाय सुनाएको थियो । तर, उनी अब साँढे ३ वर्षमात्र जेल बस्ने छन् । उनी यसअघि नै उक्त आरोपमा डेढ वर्ष जेल बसिसकेका थिए ।

नायक सञ्जय दत्तले जेलमा भान्साको जिम्मेवारी सम्हाल्ने भएका छन् । अर्थात् उनले जेलमा रहेका अन्य कैदीलाई खाना बनाएर खुवाउने छन् । चलचित्रमा करोडौ कमाउने उनले जेलमा रहँदा भान्साको काम गरेर भने दिनको मात्र ४० रूपैयाँ कमाउने छन् । उनलाई जेल प्रशासनले भान्साको काम गरेवापत दैनिक ४० रूपैयाँ दिने छ । जेलमा रहँदा उनको दैनिक पारिश्रमिक ४० बाट बढेर ८० रूपैयाँ सम्म पुग्न सक्ने बताइएको छ ।

जेलमा उनलाई एक महिनामा ५ जनाले भेट्न पाउनेछन् ।