विमानस्थलमा महिलाको जाँच बढी

१ जेठ, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले त्रिभुवन अन्र्ताष्ट्रिय विमास्थलसँग सम्बन्धित निकायका प्रमुखहरुलाई अबैध रुपमा नेपाली महिलाहरुलाई विदेश लैजाने कार्यप्रति सजग रहन निर्देशन दिएको छ ।



ती निकायका प्रमुखहरुलाई मंगलबार अख्तियार नै बोलाई अबदेखि त्यस्ता कार्यप्रति जिम्मेवार भईसजग हुन निर्देशन दिइएको अख्तियारका प्रवक्ता कृष्णप्रसाद ढुंगानाले जानकारी दिनुभएको नेपाल समाचारपत्रमा खबर छ ।

अवैध रुपमा व्यक्तिहरु आतेजाते गर्दा पनि विमानस्थलका जिम्मेवार व्यक्तिहरुले खासै ध्यान दिन नसकेको उल्लेख गरी अबदेखि त्यस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिइएको हो । यस्ता निर्देशन यसअघि पनि बारम्बार दिएकाले अबका दिनमा कडाईका साथ कार्यान्वयन गर्न भनिएको छ ।