अमेरिकामा भिषण आँधी, ५१ को ज्यान गयो, १ सय २० घाइते

जेठ ७ । अमेरिकामा ३ सय २१ किलोमिटर प्रतिघण्टाको दरले आएको आँधीका कारण कम्तिमा ५१ जनाले ज्यान गुमाएका छन् ।

आँधीमा परी ७० बालबालिका सहित १ सय २० जना घाइते भएका छन् ।



आँधीले अमेरिकाको ओक्लाहोमा शहरमा दर्जनौं घर र विद्यालयहरु भत्किएका छन् । विद्यालय छुट्ने समयमा चलेको आँधीका कारण मृत्यु हुनेहरुमा बढी विद्यार्थी परेको अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्टिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भत्किएका भवनमा थुप्रै बालबालिका पुरिएको हुनसक्ने अधिकारीहरुले उल्लेख गरेका छन् । त्यहाँ उद्धारकार्य निक्कै दु्रत गतिमा भईरहेको छ ।

आँधीले आइवा, कान्सास, टेक्सास र मिन्नेसोटामा पनि प्रभाव पारेको छ ।