फेसबुकमा आफ्नो तस्वीर राम्रो देखाउन नाकको सर्जरी

तपाईको फेसबुकको प्रोफाईल फोटो कस्तो छ? तपाईको जस्तो भएपनि, भारतको एक कलेजमा अध्ययनरत छात्रा श्याना जोनले भने फेसबुकमा राम्रो देखिनकै लागी भनेर नाकको सर्जरी गराएकी छिन । उनले सोशल साईट फेसबुकमा आफ्नो तस्वीर राम्रो बनाउन कै लागी भनेर यो कदम उठाएको बताईएकी छिन । प्रबिधिको बिकासले पछिल्लो समय सोशल साईटबाटै जोडि बन्न थालेपछि प्रयोगकर्ताहरु सुन्दर देखिन सर्जरीको साहारा लिन थालेका छन । बिशेष गरि छिमेकी देश भारतमा यस्तो पाईएको छ । त्यहाँका युवा युवतीहरु खासगरि फेसबुक चलाउनेहरु राम्रो देखिनको लागी सर्जरी, कस्मेटिकको प्रयोग गरिरहेका छन । सोशल साईट र अनलाईन डेटिङको बढ्दो चलनले युवा युवतीहरुबिच यस्तो प्रबृत्ति बढेको हो ।



कसैलाई पहिलो पटक सोशल मिडियामा देखेकै भरमा उसको ब्यक्तित्व, सोच बिचारको अन्दाज गर्न थाल्ने प्रचलन पनि उत्तिकै बढेको छ । युवा युवतीहरु बिच यो कस्मेटिक सर्जरी, फेसबुक फेसलिफ्टस को नामले चर्चित छ । भारतको अपोलो हस्पिटलका मुख्य कस्मेटिक सर्जन अनुप धिर, सुन्दर रुपको चाहना हरेक मानिसलाई हुने बताउँछन ।

उनले सोशल साईटमा मानिसहरु सुन्दर देखिन चाहने बताउँदै पछिल्लो दिन यो क्रमले रफ्तार लिन लागेको बताउँछन । उनले १ महिनामा आँफुसँग ३० देखि ४० जनाले यसबारेमा सल्लाह लिन गरेको र ति मध्य अधिकाशं सर्जरीका लागी तयार हुने गरेको