पीएचडी र एमफिल गरेका प्राध्यापकहरु नै तोडफोडमा

३० वैशाख, काठमाण्डौं । पीएचडी र एमफिल गरेका प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा तोडफोड गरेका छन् । नेकपा-माओवादी आवद्ध नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष डा. जगदीश भण्डारीको नेतृत्वमा गएको टोलीले विश्वविद्यालयका उपकुलपति प्रा. हीराबहादुर महर्जन, रेक्टर प्रा. गुणनिधि न्यौपाने र रजिस्टार प्राडा चन्द्रमणि पौडेलको कार्यकक्षमा तोडफोड गरी तीनै जनाको नेमप्लेट झ्यालबाट फ्याँकिदिर्एका छन् ।

एक महिनाअघिदेखि भेट गर्न आग्रह गर्दा समेत तीन पदाधिकारीले बेवास्ता गरेपछि आक्रोश पोख्न उपकुलपति कार्यालय पुगेका संगठनका पदाधिकारीले त्रिविका पदाधिकारीलाई खोज्दै उहाँहरुकै कार्यकक्षमा तोडफोड गरेको नेपाल समाचारपत्रमा खबर छ