दुई महिलासहित तीन जनालाई खुकुरी प्रहार गरी गम्भीर घाइते

दमक ,बैशाख २५ । दुई महिलासहित तीन जनालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने संखुवासभाका एक व्यक्तिलाई बेलबारी प्रहरीले पक्राउ गरेको छ । बेलबारी – ८का रमा राई, कविता राई र सुदेश लिम्वुलाई खुकुरी प्रहार गरी घाइते बनाउने संखुवासभाका मानबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।



संखुवासभाको धुपु घर भइ केही दिनअघि बेलबारी ८ स्थित ससुराली आएका आएका ३३ बर्षीय राईले गएराति आफ्नी श्रीमतीसँग झगडा गर्न थालेपछि सम्झाउन आएका छिमेकीलाई खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय वेलबारीले जनाएको छ । खुकुरी प्रहार गरी फरार हुन खोज्दैगरेका राईलाई सोही समयमा पुगेको प्रहरी टोलीले खुकुरीसहित प्रक्राउ गरेको थियो । घाइते तीनैजनाको गम्भीर अवस्थामा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । स्रोत : नयखाबर