राजेश र राजलाई माया सिकाउदै करिश्मा र जिया
मायाको परिभाषा सिकाउने चलचित्र ‘हो यही माया हो’ जेठ १० गतेबाट प्रदर्शनमा आउँदैछ । सुवास गिरीको निर्माणमा दिपक श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, जिया केसी, राज तिमिल्सिना लगायतका कलाकारको अभिनय छ ।

निर्माण भएको लामै समय पश्चात प्रदर्शनमा आउन लागेको यो चलचित्रबाट नायिका जिया केसी र निर्माता सुवास गिरी निक्कै आशावादी छन् । नायिका केसीले अभिनय गरेको यो पहिलो चलचित्र हो । नायिका केसी चलचित्रले आफूलाई लाग्दै आएको सेक्सी नायिकाको ट्यागलाई परिवर्तन गर्ने दाबी गर्छिन् ।
यस्तै निर्माता गिरीले चलचित्रले मायाको परिभाषा सिकाउने भन्दै सबै परिवार बसेर हेर्न मिल्ने सिनेमा बनाएको बताउछन् । चलचित्रलाई निर्देशक दिपक श्रेष्ठले भने सहयोग गरेका छैनन् । निर्माणको समयमा निक्कै दुख दिएका कारण श्रेष्ठलाई प्रचारप्रसारमा निर्माता गिरीले सामेल गराउन चाहेका छैनन् ।
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं