सुक्क सुक्क गर्दै कुकुर रोएपछी युट्युबमा फेरी अर्को तहल्का…(फोटो तथा भिडियोसहित)

हामी हाम्रो आफन्तको निधनमा दु:खी हुन्छौ । आफन्तको बियोगमा हामीमध्ये कतिपय त निकै रोएकै पनि छौ होला । तर, हामीले आफ्नो मालिको मृत्युमा कुकुर रोएको भनेको सायदै थाहा पाएका होउला ।



यहाँ एक कुकुर निकै रोएका छन्, सुक्क सुक्क गर्दै । मानिसले जस्तै सुक्क सुक्क गर्दै कुकुर पनि रोएपछी कुकुर नजिक रहेका मानिस समेत चकित परेका थिए । आफ्नो मालिकको चिहानमा लम्पसार परेर कुकुर सुक्क सुक्क गर्दै रोएको देख्दा नजिकै रहेका केही मानिसहरु समेत अचम्ममा परेका थिए । कुकुरको यस्तो रूवाईको भिडियोको अहिले युट्बमा निकै चर्चा भइरहेको छ ।

१० सेकेण्डको उक्त भिडियोले अहिले युट्युबमा निकै हेरिएको भीडियोको रूपमा चर्चामा आइरहेको छ । अहिलेसम्म उक्त भिडियो करिब ४ लाख ५८ हजार मानिसले हेरिसकेका छन् भने यो भीडियोलाई करिब २ हजार मानिसले लाइक गरेका छन् र करिब ६ सय मानिसले कमेन्ट गरेका छन् ।