संजय दत्तले जेलमा के काम गर्दैछन? संजय दत्तलाई राखिएको जेल यस्तो(भिडियो हेर्नुहोस)

पुणेको यारवडा जेलमा सजायँ काटिरहेका बलिउडका अभिनेता संजय दत्त अहिलेसम्म ‘बेरोजगार’ थिए । तर अब भने नयाँ समाचार छ, उनलाइ जेलमा न्यूज पेपर बाइन्डिङ र पेपर फाइल बनाउने काम दिइएको छ । ती बनाइएका फाइलहरूलाइ एक ठाउँबाट अर्को ठाउँमा लैजाने जिम्मेवारी पनि उनलाइ दिइएको छ । जानकारहरूका अनुसार जेल अथोरिटीले सेक्यूरिटीको कारण संजय दत्तलाइ अन्य कैदीहरूभन्दा फरक ठाउमा राख्दै यो कदम उठाइएको हो ।



संजय दत्त ४२ महिनाको सजायँ पुर्याउनका लागी यारवडा जेलमा रहेका छन । मुम्बई बम ब्लास्ट केसमा सुप्रीम कोर्टले उनलाइ अवैध रूपमा एके-56 राइफल र 9 एमएम पिस्तोल राखेको आरोपमा पाँच बर्षको सजाय सुनाइएको हो । यस अघि संजयले डेढ बर्षको सजायँ पहिलेनै काटिसकेका छन ।

एक जेल अधिकारीका अनुसार जब संजय दत्त जेल मा थिए, त्यतिबेला उनले कुर्सी बनाउने काम दिएको थियो । तर यस पटक भने उनलाइ पेपर फाइल बनाउने जिम्मेबारी दिइएको छ । यद्दपी, उनका लागि अन्य इनडोर काम पनि सोचिँदै छ,

संजयलाइ उनको कामका लागी दैनिक २५ देखि ४० रूपैयाँ पारिश्रमिक दिइनेछ । राम्रो व्यवाहार र राम्रो कामका लागी उनलाइ पुरस्कार स्वारूप केही थप रकम समेत दिन सकिने बताइएको छ ।


पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।