कतारमा चार महिनामै ६१ नेपालीको मृत्यु
दोहा, वैशाख ३० – वैदेशिक रोजगारका लागि कतार आएका ६१ नेपालीले गत चार महिनामा ज्यान गुमाएका छन् । कतारस्थित नेपाली दूतावासका अनुसार जनवरीदेखि अप्रिलसम्म उनीहरूको मृत्यु भएको हो । त्यसयता मे महिनामा मात्रै दुई जनाको ज्यान गएको छ । तिनमा बली सदा र सन्तकुमार श्रेष्ठ छन् । दूतावासका अनुसार जनवरीमा ९, फेब्रुअरीमा २०, मार्च १० र अपि्रलमा २० जना कामदारको मृत्यु भएको छ । ३१ जनाको हृदयाघात (सडेन कार्डियक एरेस्ट) बाट ज्यान गएको हो ।
ट्राफिक दुर्घटनमा ज्यान जानेको संख्या १० छ । अन्यको कार्यस्थल दुर्घटना, ब्रेन डेथ र उच्च रक्तचापबाट ज्यान गएको दूतावासले जनाएको छ । आत्महत्या गर्ने एक जना छन् । नेपाली कामदारमा सुतेको सुत्यै ज्यान जाने घटना सबैभन्दा धेरै छ । पहिलादेखि कुनै न कुनै रोगबाट ग्रस्त व्यक्ति सुतेको सुत्यै हुने सम्भावना बढी रहेको चिकित्सक नितेश आर्याल बताउँछन् । ‘यस्ता विषयमा थप अनुसन्धान गर्न जरुरी छ,’ उनी भन्छन्, ‘पूर्णरूपमा स्वस्थ कामदार सुतेको सुत्यै हुँदैन ।’
अर्का चिकित्सक नरेन्द्रकुमार शाक्य कामदारलाई नियमीत स्वास्थ्य जाँच, खानपानमा सजगता अपनाउनुपर्ने सुझाव दिन्छन् । यसैबीच, ओमनको बाउसरमा घरेलु कामदारमा आएकी सुनसरी, धरानकी ३५ वर्षीया प्रमिला माझी र सोहार प्रान्तमा सुदर्शन कँडेलको सडक दुर्घटनामा परी मृत्यु भएको छ । कानुनी प्रक्रिया पूरा भएपछि दुवै शव चाँडोभन्दा चाँडो स्वदेश पठाउने पहल भइरहेको साउदीस्थित नेपाली दूतावासका लागि ओमान सहयोगी दीपक श्रेष्ठले बताए । प्रमिला माझी गत ५ माघमा ओमनमा आएकी थिइन् भने कँडेल साउदीबाट कम्पनी कामका लागि त्यहाँ गएका थिए ।