क्रान्तिकारीद्वारा १३ क्याम्पसमा तालाबन्दी

'चुनाव हार्ने भएपछि तालाबन्दी': बिद्यार्थी संगठन

काभ्रे, जेष्ठ १६ - एमाओवादीको बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले १३ वटा क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियू निर्वाचनको उमेदवारी मनोनयन दर्ता हुनु अगावै बिहीबार बिहान निर्वाचन प्रक्रियामा गएका जिल्लाका १३ वटा क्याम्पसमा तालाबन्दी गरेका हुन् । तालाबन्दीले अन्य बिद्यार्थी संगठनले उमेदवारी दर्ता गराउन पाएन् भने निर्वाचन समेत प्रभावित बनेको छ । 'हामीले जित्ने क्याम्पसमा अरु बिद्यार्थी संगठनले तालाबन्दी गरे' अखिल(क्रान्तिकारी)का जिल्ला अध्यक्ष मान बहादुर योञ्जनले भने, 'संगठनको केन्दि्रय नीति अनुरुप नै तालाबन्दी गरेका हौं ।' आफूहरुले चुनाव हार्ने भएर तालाबन्दी नगरेको उनले दावी गरे ।



मनोनयन दर्ता गर्ने समयावधिमा क्याम्पसमा तालाबन्दी गरेपछि अन्य बिद्यार्थी संगठन क्रान्तिकारी बिरुद्धमा उत्रिएका छन् । 'उनीहरुले जिल्लाका सबै क्याम्पसमा हार्ने र अरु संगठनको जित सुनिश्चित देखेपछि चुनाब हुन नदिन सुनियोजित ढंगबाट तालाबन्दी गरे' बैद्य पक्ष नेकपा-माओवादीको बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का इञ्र्चाज सन्तोष घिमिरेले भने, 'उनीहरुको तालाबन्दी विरुद्ध अन्य बिद्यार्थी संगठन एकजुट भएर प्रतिवाद गर्दछौं ।'
source:ekantipur